News Summary
Generated by OK AI. Editorially reviewed.- प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना सवार गाडी नगरपालिका–२ खाला भन्ने स्थानमा दुर्घटनामा परेको छ ।
- घटनाको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंले घटनास्थलमा प्रहरी परिचालन भइसकेको बताउनुभयो ।
- दुर्घटनाको विस्तृत विवरण र क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।
१३ असार, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना सवार गाडी दुर्घटनामा परेको छ ।
शनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका–२ खाला भन्ने स्थानमा गाडी दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) शान्तिराज प्रसाईंले जानकारी दिए ।
स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको सरकारी गाडी आफैं अनियन्त्रित भई करिब ५०० मिटर तल भीरमा खसेको हो ।
सीडीओ प्रसाईंका अनुसार, अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4