+
+
Shares

रोल्पामा ४ दिनमा ४ वटा भरुवा बन्दुक बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते ६:४३

१४ असार, रोल्पा । रोल्पामा पछिल्लो चार दिनमा चारवट भरुवा बन्दुक फेला परेको छ । विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला परेका भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।

पछिल्लो समय गत बुधबार रोल्पा सुनिलस्मृति गाउँपालिका-६ गरगरे स्थित सल्लेरी पाखा सामुदायिक वनमा २ वटा भरुवा बन्दुक फेला परेका थिए ।

रुखको फेदमा एक नाल भएको २ (दुई)वटा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

त्यसपछि शुक्रबार माडी गाउँपालिका-१ भितावाङ स्थित सडकको छेउमा लुकाई छिपाई राखेको अवस्थामा एकनाले भरुवा बन्दुक फेला पर्‍यो ।

यस्तै, शनिबार पुन: रोल्पा नगरपालिका-४ वाईगाँउ डहरे सामुदायिक वनमा १ नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक एवम् सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिए ।  ‘हामीले बन्दुक बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको अवस्थामा फेला परेका हौं’, प्रहरी नायब निरीक्षक नेपालीले भने ।

फेला परेका बन्दुक कानुनी प्रक्रिया मार्फत जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु बताए । ‘कसले किन राखेको भन्ने केही पनि पत्ता लागेको छैन’, डीएसपी बाखुले भने, ‘हामीले ती व्यक्तिहरुको खोजनिती र अनुसन्धान गरिरहेका छौँ ।’

रोल्पामा सशस्त्र युद्धका समयमा राज्यपक्ष र विद्रोही पक्षबीच भएको भिडन्तका कारण अहिले बन्दुकका साथै बमहरु पनि भेटिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?