News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाले इरानका मिसाइल, ड्रोन हब र राडार साइटहरूलाई लक्षित गरी करिब एक घण्टा हवाई हमला गरेको छ।
- राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको उल्लङ्घन जारी रहे इरानको अस्तित्व मेटिने चेतावनी दिनुभएको छ।
- इरानले पनि जवाफी कारबाही गर्दै बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडाहरूमा ब्यालेस्टिक मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको छ।
१४ असार, काठमाडौं । अमेरिकाले शुक्रबार इरानमाथि करिब एक घण्टासम्म हवाई हमला गरेको छ। अमेरिकी सेनाले इरानका मिसाइल र ड्रोन हबहरूका साथै तटीय राडार साइटहरूलाई निसाना बनाएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम तोडेका कारण जवाफी कारबाही गरिएको बताएका छन्। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार, २५ जुनमा इरानले होर्मुज स्ट्रेटमा सिङ्गापुरको कार्गो जहाज ‘एमभी एभर लभ्ली’ माथि ड्रोन हमला गरेको थियो ।
अर्कोतर्फ, इरानको सरकारी समाचार एजेन्सीका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड्सको नौसेनाले जवाफमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निसाना बनाएको दाबी गरेको छ।
इरानी संसद्का सदस्य इब्राहिम अजिजीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अमेरिकाले फेरि एकपटक वार्ता चलिरहेकै बेला इरानमाथि हमला गरेको छ। युद्धविरामको यो उल्लङ्घन अमेरिकाका लागि पछि हट्ने र पछुताउने कारण बन्नेछ।’
इरानले अमेरिका र इजरायलको हमलामा साथ दिने नेटो सदस्य राष्ट्रहरूलाई जवाफदेही बनाउनुपर्ने आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले यी देशहरूले सैन्य कारबाहीको समर्थन किन गरे भन्ने स्पष्ट पार्नुपर्ने बताएको छ ।
बीबीसीका अनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोरले आइतबार बिहान ‘कुवेतस्थित अली अल-सलेम एयरबेस र बहराइनमा रहेको अमेरिकाको पाँचौँ फ्लीटको मुख्यालयसँग सम्बन्धित आठवटा अखडाहरूलाई निशाना बनाएको’ बताएको छ ।
आईआरजीसीका अनुसार, उसले यी हमलाहरू एक संयुक्त अभियानअन्तर्गत गरेको हो। यस क्रममा ‘ब्यालेस्टिक मिसाइल र ड्रोनहरू’ प्रहार गरिएका थिए।
विज्ञप्तिमा दाबी गरिएको छ- यी हमलाहरू हालै भएका अमेरिकी हमलाहरूको जवाफमा गरिएका हुन्।
इरानलाई नष्ट गर्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि युद्धविरामको उल्लङ्घन जारी रहे ‘इरानको अस्तित्व मेटिने’ धम्की दिएका छन्।
ट्रम्पको यो धम्की इरानमाथि अमेरिकाको ताजा हमलापछि आएको हो। अमेरिकी सेनाले दाबी गरेअनुसार, इरानले पानामाको झन्डा भएको एउटा तेल ट्याङ्करलाई निशाना बनायो, त्यसपछि अमेरिकाले इरानमाथि हमला गरेको हो।
अमेरिकी राष्ट्रपतिले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, ‘युद्धविराम सम्झौताको फेरि उल्लङ्घन भएकोले अमेरिकी विमानहरूले इरानका मिसाइल र ड्रोन भण्डारण अखडाहरू तथा राडार साइटहरूमा हमला गरेका छन्।’
उनले भने, ‘यो पूर्ण रूपमा सम्भव छ कि उनीहरूले कहिल्यै पाठ सिक्ने छैनन्। यस्तो समय आउन सक्छ जब हामी उचित रवैया अपनाउने स्थितिमा रहनेछैनौँ र हामीले जुन काम निकै सफलतापूर्वक सुरु गरेका थियौँ, त्यसलाई सैन्य बलबाट पूरा गर्न बाध्य हुनुपर्नेछ।’
उनले चेतावनी दिँदै थपे, ‘यदि त्यस्तो भयो भने, इस्लामिक रिपब्लिक अफ इरान अस्तित्वमा रहनेछैन।’
‘हिंसाको जवाफ हिंसाबाटै दिइनेछ’
अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले विवादहरूलाई वार्तामार्फत समाधान गर्नुपर्ने तर हिंसा जारी रहे त्यही अनुरूप जवाफ दिइने चेतावनी दिएका छन्। उनले एक्समा लेखेका छन्, ‘यदि समझदारी पत्र लागू गर्ने विषयमा कुनै मतभेद छ भने इरानले फोनमा कुरा गर्नुपर्छ।’
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4