News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी सांसद रेखाकुमारी झाले सरकारी गाडीमा निजी नम्बर प्लेट राखेर दुरुपयोग भइरहेको भन्दै राष्ट्रिय सभाको बैठकमा प्रश्न उठाएकी छिन् ।
- उनले भनिन्, 'सरकारी गाडीहरूको सेतो नम्बर प्लेट गैरकानुनी रूपमा निकालेर निजी अर्थात रातो नम्बर प्लेट रुपान्तरण गरी व्यक्तिगत प्रयोजनमा दुरुपयोग गरिएका तथ्यांकहरू सार्वजनिक भएका छन् ।'
- खानेपानी संस्थान र स्थानीय तहका सार्वजनिक निकायहरूले इन्धन र मर्मत खर्च सरकारी कोषबाट लिएर व्यक्तिगत प्रयोजनमा गाडी प्रयोग गर्नु सुशासन विरोधी कार्य भएको उनले बताइन् ।
१५ असार, काठमाडौं । निजी नम्बर प्लेट राखेर सरकारी गाडी चलिरहेको भन्दै सांसदले प्रश्न उठाएका छन् ।
नेकपा एमालेकी सांसद रेखाकुमारी झाका अनुसार ‘नेपाल खानेपानी संस्थान राजविराज, मोरङको पथरी शनिश्चरे नगरपालिका र काठमाडौंका कतिपय सार्वजनिक निकायहरूमा राज्य कोषबाट सञ्चालित सरकारी गाडीहरू’मा यस्तो समस्या छ ।
‘सरकारी गाडीहरूको सेतो नम्बर प्लेट गैरकानुनी रूपमा निकालेर निजी अर्थात रातो नम्बर प्लेट रुपान्तरण गरी व्यक्तिगत प्रयोजनमा दुरुपयोग गरिएका तथ्यांकहरू सार्वजनिक भएका छन्,’ उनले राष्ट्रिय सभाको बैठकमा भनिन् ।
इन्धन र मर्मत खर्च सरकारी लिएर व्यक्तिगत प्रयोजनका लागि सरकारी गाडी प्रयोग गर्नु सुशासन विरोधी कार्य भएको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4