+
+
Shares

धान दिवस : उपसभामुख ठाकुरले जनकपुर पुगेर आफ्नै खेतमा रोपिन् धान

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज १५ असारमा राष्ट्रिय धान दिवस देशभर धान रोपाइँ गरी मनाइएको छ ।
  • उपसभामुख रुबीकुमारी ठाकुरले जनकपुरको मुजेलियास्थित आफ्नै खेतमा पुगेर धान रोपेकी छन् ।
  • कृषक परिवारमा जन्मनुभएकी ठाकुरले उपसभामुख हुनुअघि पनि नियमित रूपमा कृषि कार्य गर्दै आएकी थिइन् ।

१५ असार, जनकपुरधाम । आज १५ असार अर्थात राष्ट्रिय धान दिवस ।

१५ असारको दिन आज  देशभरि धान रोपाइँ गरेर यो दिवस मनाइएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा उपसभामुख रुबीकुमारी ठाकुरले पनि आफ्नै खेतमा पुगेर धान रोपेकी छन् ।

जनकपुरको मुजेलियामा अवस्थित आफ्नै खेतमा पुगेर ठाकुरले धान रोपेकी हुन् ।

उपसभामुख हुनुअघि उनी आफ्नै खेतबारीमा काम गर्थिन् । उनको बुबाआमा किसान हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?