+
+
Shares

केही नेता भ्रष्ट हुँदैमा कम्युनिस्ट आन्दोलन र मार्क्सवाद असान्दर्भिक हुँदैन : युवराज ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १६:०१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता युवराज ज्ञवालीले सरकारमा पुगेका नेताको भ्रष्ट आचरणका आधारमा मार्क्सवाद वा कम्युनिस्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने बताएका छन् ।
  • ज्ञवालीले नेताको भ्रष्ट व्यवहार व्यक्तिको दोष भएको भन्दै यसलाई सिद्धान्तको कमजोरीसँग जोड्न नहुने जिकिर गरेका छन् ।
  • उनले मार्क्सवाद र जनताको बहुदलीय जनवाद अझै पनि सान्दर्भिक रहेको दाबी गर्दै कम्युनिस्ट आन्दोलनको औचित्य सकिएको भ्रममा नपर्न आग्रह गरेका छन् ।

१५ असार, काठमाडौं । नेकपा एमालेका नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणका आधारमा मार्क्सवाद वा कम्युनिस्ट आन्दोलनलाई असान्दर्भिक ठहर गर्न नमिल्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले व्यक्ति र सिद्धान्तलाई अलग–अलग रूपमा हेर्नुपर्ने बताएका हुन् ।

उनले सरकारमा पुगेपछि नेता बिग्रिनु सिद्धान्तको कमजोरी नभई व्यक्तिको दोष भएको बताए ।

उनले नेताको भ्रष्ट व्यवहारकै आधारमा कम्युनिस्ट आन्दोलनको औचित्य सकियो भन्ने भ्रममा नबस्न समेत आग्रह गरे ।

उनले भने, ‘सरकारमा पुगेर नेता बिग्रिए सिद्धान्तको दोष हो र ? मान्छे बिग्रने, नेता बिग्रने, भ्रष्टाचार गर्ने अनि मार्क्सवादलाई दोष दिने ? नेता बिग्रिने तर कम्युनिस्ट आन्दोलन नै खतम भयो भनेर जुन पूँजीवादीहरूले हल्ला मच्चाइरहेका थिए, त्यस्तो हल्लामा हामी नलागौँ ।’

उनले अगाडि भने, ‘हो, अवश्य पनि हामी बिग्रिएका छौँ । को-को बिग्रिए पछि थाहा हुँदै जान्छ । नेताहरूको दोष छन्, मेरा पनि होलान् तर कम्युनिस्ट पार्टी असान्दर्भिक भइसकेको होइन । मार्क्सवाद असान्दर्भिक भइसकेको होइन । जनतको बुहदलीय जनवाद असान्दर्भिक भइसकेको होइन । र वैज्ञानिक समाजवाद असान्दर्भिक भइसकेको होइन ।’

ज्ञवालीले कम्युनिस्ट आन्दोलन, माक्र्सवाद, जनताको बहुदलीय जनवाद तथा वैज्ञानिक समाजवाद अझै पनि सान्दर्भिक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?