News Summary
Generated by OK AI. Editorially reviewed.- सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अदालतले तीन दिनको म्याद थप गरेको छ।
- सम्पत्ति शुद्धीकरण विभागले आज पूर्वउपप्रधानमन्त्री पौडेललाई म्याद थपका लागि विशेष अदालतमा पेस गरेको थियो।
- न्यायाधीशहरूको इजलासले पौडेललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ।
१५ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिनको म्याद थप भएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा पेस गरेको थियो ।
न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो । उनलाई आदेश बमोजिम न्यायिक हिरासतमा राख्न पठाइएको छ ।
पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।
उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4