+
+
Shares

रसुवागढी सीमा नाका दुई दिन बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मितेरी पुलको मर्मत तथा जाँचका लागि १५ र १६ असारमा रसुवागढी नाका बन्द गरिएको छ।
  • जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार यस अवधिमा पुलबाट हुने सबै सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
  • कैलाश मानसरोवरका तीर्थयात्रुलाई सुरक्षा निकायको समन्वयमा १० जनाको समूहमा यात्रा गर्ने व्यवस्था मिलाइएको छ।

१५ असार, काठमाडौं । रसुवागढी सीमा नाका दुई दिन बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चिनियाँ पक्षबाट नेपाल–चीन जोड्ने मितेरी पुल (बेलिब्रिज)को जाँच तथा मर्मत सम्भारका लागि १५ र १६ असारका दिन बन्द गरिएको हो ।

सो बेलिब्रिजबाट सवारी आवागमनमा रोक लगाइएको कार्यालयले जनाएको छ । कैलाश मानसरोवर तीर्थाटनमा रहेका तीर्थयात्रुलाई भने १०/१० जनाको समूहमा दुबै पक्षका सुरक्षा संयन्त्रको समन्वयमा यात्रा सहजीकरण गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?