News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीको भेषमा हत्कडी लगाएर लुटपाट गरेको आरोपमा काठमाडौं प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
- पीडितको कोठामा जग्गा खरिदको लागि रकम लिएर पुगेका समयमा लुटेरा समूहले १० लाख ९५ हजार नगदसहित चेक र मोबाइल लुटेका थिए ।
- पक्राउ परेका चार जना विरुद्ध सात दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुले थप अनुसन्धान अघि बढाएको छ ।
१६ असार, काठमाडौं । प्रहरी भन्दै हत्कडी लगाएर लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४३ वर्षीय रामशरण दमाई, काठमाडौं टोखाका ३८ वर्षीय सविन खवास, पर्साकी ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ४६ वर्षीय शेरबहादुर मोक्तान छन् ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । शेरबहादुरको वनस्थीस्थित कोठामा उनका साथी जग्गा खरिद गर्न भन्दै पुगेका थिए ।
सोही समयमा करिब ५/६ जनाको समूह आई प्रहरी भन्दै उनको साथमा रहेको १० लाख ९५ हजार नगद र मोबाइल र बैंकका चेकहरू लुटपाट गरी लगेको प्रहरीले बताएको छ ।
उनीहरूविरुद्ध ७ दिनको म्याद लिई प्रहरी वृत्त बालाजुबाट अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया 4