+
+
Shares

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘द शेप अफ मोमो’ बन्यो उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १३:४७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको मेरील्यान्डमा आयोजित नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२६ का विजेता घोषणा गरिएको छ ।
  • त्रिवेणी राई निर्देशित ‘द शेप अफ मोमो’ ले यस वर्षको उत्कृष्ट फिचर फिल्मको पुरस्कार जितेको छ ।
  • अमिताभ जोशी निर्देशित ‘हेभ यू सिन माई गड?’ ले उत्कृष्ट वृत्तचित्रसहित दुई विधामा पुरस्कार प्राप्त गरेको छ ।

अमेरिकाको मेरील्यान्डमा आयोजित नेपाल- अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२६ का विजेता घोषणा गरिएको छ ।

महोत्सवको समापन समारोह एएफआई सिल्भर थिएटर एन्ड कल्चरल सेन्टरमा सम्पन्न भएको थियो । सो अवसरमा निर्णायक मण्डलले विभिन्न विधाका उत्कृष्ट फिल्म तथा फिल्मकर्मीलाई पुरस्कार प्रदान गरेको हो ।

यस वर्षको उत्कृष्ट फिचर फिल्मको पुरस्कार त्रिवेणी राई निर्देशित ‘द शेप अफ मोमो’ ले जितेको छ । जौन योन्जन निर्देशित ‘क्रलिङ क्रोज’ ले यस विधामा विशेष उल्लेख पुरस्कार प्राप्त गरेको छ ।

उत्कृष्ट नेपाली पानोरामा विधाअन्तर्गत नानी साह्रा वाकर निर्देशित ‘शक्ति’ विजेता बन्यो । कालानी ग्याकन निर्देशित ‘फ्यामिली म्यान’ ले विशेष उल्लेख प्राप्त गरेको छ ।

उत्कृष्ट वृत्तचित्रको पुरस्कार अमिताभ जोशी निर्देशित ‘हेभ यू सिन माई गड?’ ले जितेको छ । राजन कठेत निर्देशित ‘द रोड टु टिल’ लाई विशेष उल्लेख गरिएको छ ।

‘हेभ यू सिन माई गड ?’ ले बेस्ट डीएमभी क्लोज-अप पुरस्कार पनि जितेको छ । उत्कृष्ट लघु फिल्म विधामा शुभम नेगी निर्देशित ‘हिल्स डोन्ट डान्स अलोन’ र अमिर होसेन केश्मिरी निर्देशित ‘वन टु थ्री’ संयुक्त रूपमा विजेता घोषित भएका छन् ।

जुरी अवार्ड डेमिङ चेन निर्देशित ‘अलवेज’ लाई प्रदान गरिएको छ । यसैगरी, ब्रिटनी रामजट्टन र एन्ड्रेस रामजट्टन निर्देशित ‘पर्फेक्ट्ली सिजनड’, अलिन काटेल निर्देशित ‘सोलेमन प्रमिस’ तथा पुरन्ध्या शर्मा निर्देशित ‘ह्याभ अ गुड वन’ ले विशेष उल्लेख पुरस्कार प्राप्त गरेका छन् ।

फेस्टिभल सफलतापूर्वक सम्पन्न भएको आयोजक प्रमुख पूर्णसिंह बराइलीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?