+
फिफा विश्वकप २०२६ :

अब जे हुन्छ त्यो हाम्रा लागि बोनस जस्तै होः हालान्ड

२०८३ असार  १७ गते ५:३६ २०८३ असार १७ गते ५:३६

नर्वेले फिफा विश्वकपमा पहिलोपटक नकआउट चरणमा जित निकालेपछि हालान्डले यो इतिहास भएको बताएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेपछि नर्वेका स्ट्राइकर एर्लिङ हालान्डले यो ऐतिहासिक क्षण भएको भन्दै अद्भूत महसुस भइरहेको बताएका छन् ।
  • आइभरी कोष्टलाई २–१ ले पराजित गर्दै नर्वे २८ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको हो र अब अर्को चरणमा ब्राजिलसँग भिड्ने भएको छ ।
  • जारी विश्वकपमा ५ गोल गरिसकेका हालान्डले अबका खेलहरू दबाबमुक्त भएर खेल्ने भन्दै टोलीका लागि जे हुन्छ त्यो बोनस हुने उल्लेख गरेका छन् ।

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेपछि नर्वेका स्टाइकर एर्लिङ हालान्डले अद्भूत महसुस भइरहेको बताएका छन् ।

नर्वेले फिफा विश्वकपमा पहिलोपटक नकआउट चरणमा जित निकालेपछि हालान्डले यो इतिहास भएको बताएका हुन् ।

‘यो इतिहास हो, यो अद्भूत महसुस भइरहेको छ,’ स्ट्राइकर हालान्डले भने, ‘हामी २८ वर्षमा पहिलो पटक छनोट हुन सफल भयौं । समूह चरण पार गर्न सफल भयौं र अब अर्को चरणमा पुगेर न्युयोर्कमा ब्राजिलको सामना गर्न सफल भएका छौं ।’

जे हुन्छ त्यो हाम्रा लागि बोनस जस्तै हुने हालान्डले बताए । ‘यो अविश्वसनीय छ, त्यसैले अब जे हुन्छ त्यो हाम्रा लागि बोनस जस्तै हो । अब हामी बिना कुनै दबाब आनन्दका साथ खेल्न सक्छौं किन भने मलाई लाग्दैन कि हामीले यो भावना फेरि कहिल्यै पाउनेछौं,’ उनले भने ।

राउन्ड अफ ३२ मा आइभरी कोष्टलाई २–१ ले पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको थियो । १–१ को बराबरी रहेको अवस्थामा हालान्डले गोल गर्दै टोलीलाई जित दिलाएका थिए । हालान्डले जारी विश्वकपमा ५ गोल गरिसकेका छन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय