+
फिफा विश्वकप २०२६ :

प्रदर्शनसँगै याे क्षणको आनन्द पनि लिइरहेको छुः एम्बाप्पे

२०८३ असार  १७ गते १०:५३ २०८३ असार १७ गते १०:५३

स्वीडेनमाथि सहज जित निकाल्दा दुई गोल गरेर प्लेयर अफ द म्याच बनेका एम्बाप्पेले विश्वकपको क्षणको आनन्द लिइरहेको बताएका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेपछि फ्रान्सेली कप्तान किलियन एम्बाप्पेले आफ्नो प्रदर्शन र सो क्षणको आनन्द लिइरहेको बताएका छन् ।
  • स्वीडेनविरुद्ध दुई गोल गर्दै म्यान अफ द म्याच बनेका एम्बाप्पेले भने, 'अहिले म राम्रो प्रदर्शनका साथै विश्वकपको प्रत्येक क्षणको आनन्द पनि लिइरहेको छु ।'
  • हालसम्म १८ विश्वकप खेलमा १८ गोल पूरा गरेका एम्बाप्पे जारी प्रतियोगितामा ६ गोलसहित लियोनल मेसीसँगै सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छन् ।

१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेपछि फ्रान्सका कप्तान किलियन एम्बाप्पेले प्रदर्शनसँगै यस क्षणको आनन्द पनि लिइरहेको बताएका छन् ।

स्वीडेनमाथि सहज जित निकाल्दा दुई गोल गरेर प्लेयर अफ द म्याच बनेका एम्बाप्पेले विश्वकपको क्षणको आनन्द लिइरहेको बताएका हुन् ।

‘मैले सधैं भन्दै आएको छु कि म यस पटकको विश्वकपको आनन्द लिन चाहन्थेँ । यसो भनिरहँदा मैले पहिलेका विश्वकपहरूमा रमाइलो नगरेको भने होइन, तर त्यतिबेला म अलि सानो थिएँ । मेरो पूरा ध्यान राम्रो प्रदर्शन गर्ने आफ्नो लक्ष्यमा मात्र केन्द्रित थियो,’ उनले भने ।

एम्बाप्पेले थपे, ‘अहिले मलाई लाग्छ कि म राम्रो प्रदर्शन पनि गर्न सक्छु र यस क्षणको आनन्द पनि लिन सक्छु, अनि म यो काम राम्रोसँग गरिरहेको छु जस्तो मलाई लाग्छ ।’

उत्तर अमेरिकामा जारी विश्वकपमा ४ खेलमा ६ गोल गरिसकेका एमबाप्पे यस विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगै सर्वाधिक ६ गोल गर्ने सूचीमा अगाडि छन् ।

उनले अहिलेसम्म विश्वकपमा १८ खेल खेल्दा १८ गोल गरिसकेका छन्

 

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय