+
फिफा विश्वकप २०२६ :

समूह चरणमा संघर्ष गरेको बेल्जियमलाई भाग्यमानी सेनेगलको चुनौती

२०८३ असार  १७ गते १६:२७ २०८३ असार १७ गते १६:२७

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा बेल्जियम र सेनेगलको अवस्था अन्तिम खेलसम्म के हुने हो टुङगो थिएन । तर दुवैले अन्तिम खेलमा फराकिलो जितसहित नकआउट चरणमा स्थान बनाए ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहान पौने २ बजे बेल्जियम र सेनेगलबीच राउण्ड अफ ३२ को प्रतिस्पर्धा हुँदैछ ।
  • समूह चरणमा अपराजित रहँदै समूह विजेता बनेको बेल्जियम र गोल अन्तरका आधारमा नकआउट चरणमा पुगेको सेनेगल पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।
  • बेल्जियमका केभिन डे ब्रुएना र लिएन्ड्रो ट्रोसार्ड तथा सेनेगलका इस्माइला सार र पापा गुए खेलका मुख्य खेलाडीका रूपमा रहेका छन् ।

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा बेल्जियम र सेनेगलको अवस्था अन्तिम खेलसम्म के हुने हो टुङगो थिएन । दुवै टोली सुरुवाती दुई खेलमा जितविहिन बन्दा नकआउट चरणमा पुग्ने समिकरण नै कठिन बनिसकेको थियो ।

तर तेस्रो खेलमा दुवै टोलीले शानदार जित हात पार्दै नकआउट चरणमा स्थान बनाए तर दुवै टिमको कथा भने फरक रह्यो ।

यही दुई टिम बिहिबार बिहान अन्तिम १६ मा पुग्ने लक्ष्यका साथ राउण्ड अफ ३२ मा प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार बिहान पौने २ बजे सुरु हुनेछ ।

नकआउट चरणमा यी दुई टोलीको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा छ । यस खेलको विजेताले सँग अन्तिम १६ मा खेल्नेछ ।

समूह चरणमा संघर्ष गरेपनि बेल्जियम अपराजित छ भने सेनेगलले १ खेल मात्र जितेर नकआउट चरणमा पुगेको हो । फिफा वरियतामा बेल्जियम नवौँ स्थानमा रहँदा सेगेगल १५औं स्थानमा छ ।

समूह चरणको प्रदर्शन

बेल्जियम समूह जी मा अपराजित रहँदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । पहिलो खेलमा इजिप्टसँग १-१ को बराबरी खेलेको बेल्जियम त्यसपछि इरानसँग गोलरहित बराबरीमा रोकिएको थियो । लगातार दुई बराबरी पछि बेल्जियमलाई अन्तिम खेल जित्नैपर्ने चुनौती थियो ।

समूहको निर्णायक खेलमा न्युजिल्यान्डलाई ५-१ ले पराजित गर्दै बेल्जियम समूह विजेता बन्यो ।

इजिप्टसँगै समान ५ अंक भएपनि गोल अन्तरमा अघि रहँदै बेल्जियम समूह विजेता बनेको हो ।

उता सेनेगल भने समूह आईमा तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो ।

दुई हार र एक जितबाट ३ अंक मात्र जोडेपनि गोल अन्तरमा सेनेगल भाग्यमानी बन्दा तेस्रव हुने उत्कृष्ट ८ टोलीमा पर्न सफल भयो ।

सेनेगलले सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि फ्रान्ससँग ३-१ र नर्वेसँग ३-२ ले पराजित भएपछि समूह चरणबाटै बाहिरिने खतरामा पुगेको थियो ।

सुरुवाती दुई खेल हारेपनि अन्तिम खेलमा इराक विरुद्ध ५-० को फराकिलो जित नै सेनेगलका लागि निर्णायक बन्यो ।

तेस्रो हुने मध्ये ३ अंक मात्र जोडेर नकआउट चरणमा पुग्ने सेलेगल एक्लो टोली रह्यो । इरान र दक्षिण कोरिया र स्कटल्यान्डको पनि समान ३ अंक भएपनि पोजेटिभ गोल अन्तर भएकोले सेनेगल भाग्यमानी बनेको हो ।

हेड टु हेड

बेल्जियम र सेनेगल विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । अन्तर्राष्ट्रिय पुटबलमै यी दुई टोली पहिलो पटक आमने सामने हुँदैछन् ।

प्लेअर्स टु वाच

बेल्जियमका लागि पछिल्लो खेलमा गोल गरेका लिएन्ड्रो ट्रोसार्ड, केभिन डे ब्रुएनामा सबैको नजर हुनेछ । आर्सनलबाट खेल्ने ट्रोसार्डले न्युजिल्यान्ड विरुद्ध २ गोल गरेका थिए । उक्त खेलमा केभिन डे ब्रुएना र बेन्चबाट आएर रोमेलु लुकाकुले पनि गोल गरेका थिए ।

पहिलो रोजाईँ खेल्ने भएकोले ट्रोसार्डमाथि गोल गर्ने जिम्मेवारी हुनेछ । मिडफिल्डको जिम्म डे ब्रुएनाले सम्हाल्नेछन् भने अवसर पाएमा लुकाकु पनि गोल गर्न सक्षम छन् भने र उनले प्रमाणित गरिसकेका छन् ।

सेनेगलका लागि इस्माइला सार र पापा गुए मुख्य खेलाडीको रुपमा रहनेछन् । सारले समूह चरणमा नर्वे विरुद्ध दुई गोल गरेका थिए । पहिलो खेलमा फ्रान्स विरुद्ध पराजित हुँदा पनि उनले गोल गरेका थिए ।

यस्तै समूहको अन्तिम खेलमा इराक विरुद्ध बेन्चबाट आएर पापा गुएले २ गोल गरेका थिए ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय