+
+
Shares

प्रतिपक्षको अवरोधले मधेश प्रदेश सभा बैठक १० मिनेटका लागि स्थगित

बजेट संशोधन माग पूरा नभएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान पश्चात सभामुख रामअशिष यादवले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन्।
  • जसपा नेपालका सांसद उपेन्द्र महतोले बजेट विनियोजनमा असमानता रहेको र मन्त्रालयमुखी बजेट आएको भन्दै सरकारले जनतालाई ठगेको आरोप लगाए।
  • प्रतिपक्षीको अडानपछि सभामुख रामअशिष यादवले बजेट संशोधनको माग सम्बोधन नभएसम्मका लागि प्रदेश सभाको बैठक १० मिनेटका निम्ति स्थगित गरेका हुन्।

१७ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमतले सदन अवरुद्ध गरेका छन् ।

बुधबार बजेटमाथि छलफलका लागि बसेको प्रदेश सभा बैठकको सुरुमै जसपा नेपालका सांसद उपेन्द्र महतोले एक करोड भन्दा कमको योजनाको बजेट नल्याउने भने पनि ५ लाखसम्मको बजेट देखिएकोले जनतालाई सरकारले ठगेको, समान हिसाबले सबै जिल्लामा बजेट विनियोजन नभएको, मन्त्रालयमुखी बजेट रहेकोले संशोधन हुनुपर्ने माग गरे ।

बजेट संशोधन माग पूरा नभएसम्म सदन चल्न नदिने प्रतिपक्षीको अडान पश्चात सभामुख रामअशिष यादवले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?