+
+
Shares

मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति   

रासस रासस
२०८३ असार १७ गते १६:०८
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेचीनगर नगरपालिका–३ स्थित पूर्णचन्द्र रिजालको कच्ची घरमा गएराति भएको आगलागीबाट १६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
  • आगलागीमा घरका भाँडावर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुन र ५० हजार रुपैयाँ नगद नष्ट भएको छ ।
  • मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको भए पनि आगलागीको कारण हालसम्म खुलेको छैन ।

१७ असार, बिर्तामोड । मेचीनगर नगरपालिका–३ भावना चोकमा गएराति भएको आगलागीमा १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट घरका भाँडावर्तन, लत्ताकपडा, अन्न, आधा तोला सुनसहित ५० हजार रुपैयाँ नगद जलेको छ ।

पूर्णचन्द्र रिजालको इँटा, काठ र टिनको छानो भएको दुई कोठे कच्ची घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोले घरसँगै जोडिएको गोठ पनि नष्ट भएको छ ।

मेचीनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । आगालागीको कारण खुलेको छैन ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?