+
फिफा विश्वकप २०२६ :

पुनरामगन जितसँगै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश, चम्किए ह्यारी केन

२०८३ असार  १७ गते २३:४७ २०८३ असार १७ गते २३:४७

एटलान्टा स्टेडियममा भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम १६ को यात्रा तय गरेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कप्तान ह्यारी केनको दुई गोल मद्दतमा इंग्ल्यान्डले डीआर कंगोलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
  • खेलको सातौँ मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै अग्रता लिए पनि इंग्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको छ ।
  • केनले ७५औँ र ८६औँ मिनेटमा गोल गर्दै टोलीलाई कठिन जीत दिलाउन सफल भएका छन् ।

१७ असार, काठमाडौं । कप्तान ह्यारी केन चम्किँदा इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

एटलान्टा स्टेडियममा भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम १६ को यात्रा तय गरेको हो ।

इंग्ल्यान्डको जितमा कप्तान केन नायक बने । एक गोलले पछि परेको अवस्थामा उनले लगातार दुई गोल गर्दै टोलीलाई २–१ को जित दिलाए ।

खेलको ७औं मिनेटमा ब्रायन सिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै इंग्ल्यान्डले बराबरी गोल पर्काउन लगातार प्रयास गरेपनि कंगोका गोलकिपर लियोनल एमपासी बाधक बने ।

एमपासीले इंग्ल्यान्डका कप्तान ह्यारी केनसहित तीन खेलाडीको प्रहारमा उत्कृष्ट बचाउ गरेका थिए । खेलअवधिभर नै एमपासीले उत्कृष्ट प्रदर्शन गरे ।

तर दोस्रो हाफको अन्तिम १५ मिनेटमा इंग्ल्यान्डले दुई गोल फर्कायो । यसमा केनले दुवै गोल गरे ।

केनले खेलको ७५औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाइ बराबरीमा फकाए । एन्थोनी गोर्डनको पासमा केनले हेडरमार्फत गोल गरेका थिए । उनै केनले खेलको ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल टोलीलाई अग्रता दिलाए ।

त्यसपछि गोल हुन सकेन र इंग्ल्यान्डले पुनरामगन जित निकाल्न सफल भयो । पराजित हुँदा पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको डीआर कंगोको विश्वकप यात्रा रोकिन पुग्यो ।

यो खेलमा दुई गोल गरेपछि केनले जारी विश्वकपमा ५ गोल गरेका छन् । उनीसँगै नर्वेका एर्लिङ हालान्ड ५ गोल गरेका छन् । फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनल मेसीले समान ६ गोल गरेका छन् ।

साथै केनले विश्वकपमा गोल संख्या १३ पुर्‍याएका छन् । उनी विश्वकपमा सर्वाधिक गोल गर्नेमा फ्रान्सका जस्ट पोन्टेनसँगै संयुक्त रुपमा छैटौं स्थानमा उक्लिएका छन् ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय