+
+
Shares

निधि निवास बैठक : रास्वपा महाधिवेशनदेखि कांग्रेस विवादबारे छलफल

भेटमा राष्ट्रिय राजनीति, रास्वपा महाधिवेशन र कांग्रेसको आन्तरिक राजनीतिका बारेमा कुराकानी भएको निकटस्रोतले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १६:०६

१८ असार, काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारी समेत रहेका तीन नेताबीच भेटवार्ता भएको छ । नेता विमलेन्द्र निधिको निवास मध्यबानेश्वरमा निधि, प्रकाशमान सिंह र डा शशांक कोइरालाबीच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रिय राजनीति, रास्वपा महाधिवेशन र कांग्रेसको आन्तरिक राजनीतिका बारेमा कुराकानी भएको निकटस्रोतले बताएका छन् ।

छलफलमा रास्वपा महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने निर्णय भएकोप्रति ध्यानाकर्षण भएको तीनै जना नेताले बताएका छन् ।

यस्तै, कांग्रेसको आन्तरिक विवादमा १५ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्नेमा साझा चिन्ता व्यक्त गरेका छन् ।

पार्टीको संस्थापन पक्षले नियमित महाधिवेशन पक्षधरलाई मिलाएर लैजानुपर्ने, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट आएको प्रस्तावलाई मान्नुपर्ने साझा निष्कर्ष निकालेका छन् ।

यस्तै, इतर पक्षले चुनदेवीमा स्थापना गर्न लागेको सम्पर्क कार्यालय महाधिवेशनकेन्द्रित रहेको भेटमा सहभागी एक नेताले बताए ।

यस्तै, इतर पक्षले सातै प्रदेशमा भेला सकेकाले अब राष्ट्रिय भेलाको तयारी थाल्नुपर्ने समीक्षा पनि तीन नेताले गरेका छन् ।

यस्तै, स्रोतका अनुसार भोलि बिहीबार निवर्तमान कार्यवाहक सभापति खड्काको निवासमा भेला बोलाइएको छ । उक्त भेलामा सबै शीर्ष नेता सहभागी हुने र त्यसले राष्ट्रिय भेलाको मिति तोक्ने स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?