+
+
Shares

नेपाल प्रहरीका आठ एआईजीको सरुवा : सीआईबीमा चतुर्वेदी, उपत्यकामा राठौर

सरुवा सूचीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्य विभागका एआईजी उमा चर्तुवेदीलाई पठाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १७:२५

१८ असार, काठमाडौं । मन्त्रिपरिषद् बैठकले आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा सरकारले बिहीबार एआईजीहरुको सरुवा गरेको हो । सरुवा सूचीअनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्य विभागका एआईजी उमा चर्तुवेदीलाई पठाइएको छ ।

सीआईबीका एआईजी डा मनोज केसीको भने अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी सुशील सिंह राठौरलाई पठाइएको छ । रानिपोखरीका एआईजी ईश्वर कार्कीको मानव स्रोत विभागमा सरुवा भएको छ ।

मानव स्रोतका एआईजी राजन अधिकारीको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठन (प्रहरी एकेडेमी)मा सरुवा गरिएको छ । एकेडेमीका एआईजी सिद्धिविक्रम शाहको कार्य विभागमा सरुवा भएको छ ।

प्रदेश समन्वय विभागमा कार्यरत डम्बर विकको प्रशासन विभागमा सरुवा भएको छ । प्रशासन विभागका हिमालय कुमार श्रेष्ठको प्रदेश समन्वय विभागमा सरुवा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?