काठमाडौं । फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ । १ साउनदेखि प्रदर्शन तयारीमा रहेको यो फिल्मले कथावस्तु, चरित्र र केन्द्रीय द्वन्द्व दर्शाउने ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलर हेर्दा यो फिल्म सामाजिक र पारिवारिक कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले किशोरी (सिम्रन खड्का) ले शिक्षा प्राप्तिको लागि गर्ने संघर्षको कथा भन्छ ।
पढ्ने रहर हुँदाहुँदै परिवारले दबाबमा विवाह गराइदिएपछि उत्पन्न हुने मार्मिक कथा समेटिएको छ । फिल्ममा अभिनेता अरुण क्षेत्रीले अटिजम पीडित युवकको भूमिका निर्वाह गरेका छन् ।
कपिल रिजाल निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताको रूपमा छन् ।
प्रतिक्रिया 4