२१ असार, महोत्तरी । महोत्तरीबाट प्रहरीले ४८७ किलोभन्दा बढी गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–६ भकुण्डे बस्ने २१ वर्षीय विपस नेगी र सोही गाउँपालिकाको वडा नं १ क्यूरेनी बस्ने २४ वर्षीय साधुराम थिङ रहेको महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी पन्चलाल गोलेले जानकारी दिए ।
उनका अनुसार असार २० गते रातिको समयमा सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेक्वाको टोलीले महोत्तरी गाउँपालिका–१ स्थित भटौलियामा ना ३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्ने क्रममा प्लास्टिकमा बेरेर राखिएको ४० किलो ३६० ग्राम गाँजा बरामद गरी महोत्तरी प्रहरीलाई बुझाएका थिए ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूको बयानका आधारमा थप अनुसन्धान अघि बढाइएकोमा आज बिहान महोत्तरी गाउँपालिका–४ रानी रतवाडास्थित एक घरमा खोजतलास गर्दा थप ४४६ किलो ७४५ ग्राम गाँजा बरामद भएको डीएसपी गोलेले बताए । यससँगै कुल बरामद गाँजाको परिमाण ४८७ किलो १०५ ग्राम पुगेको उनले बताए ।
बरामद गाँजा, ट्रक तथा घटनामा संलग्न आरोपमा पक्राउ परेका ट्रक चालक नेगी र थिङविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया 4