२२ असार, काठमाडौं । फिफा विश्वकपको लागि सदाबाहर उपाधिको दाबेदारको रुपमा रहेको ब्राजिल उत्तर अमेरिकामा भइरहेको २३औं संस्करणको विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ ।
युरोपियन राष्ट्र नर्वेसँग २-१ ले पराजित भएपनि ब्राजिलको यात्रा अन्तिम १६ मै सकिएको हो ।
अमेरिकनाको न्युयोर्क न्यु जर्सी स्टेडियमा भएको खेलमा एर्लिङ हालान्डको दुई शानदार गोल नर्वेले ब्राजिलमाथि २-१ को जित हासिल गर्दै विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा स्थान बनायो ।
२८ वर्षपछि वसिश्वकपमा पुनरागमन गरेको नर्वे हरेक खेलमा इतिहास रच्दै गर्दा विश्वकप फुटबलकै पर्यावची बनेको ब्राजिल भने अन्तिम १६ बाटै घर फर्कन बाध्य भयो ।
ब्राजिल मात्र नभएर विश्वभरका फुटबल समर्थककै लागि समेत यो अप्रत्यासित नजित हो । २४ वर्षपछि विश्वकप उपाधि जित्दै छैटौं तारा थप्ने लक्ष्यमा रहेको ब्राजिलको चाहना यस पटक अधुरै रहेको छ ।
ब्राजिलले यस विश्वकपअघि नर्वेसँग ४ खेल खेल्दा एक खेल पनि जित्न सकेको थिएन । नर्वेसँग अन्तिम १६ मा पराजित भएपछि ब्राजिल ५ खेलमा जितविहिन बनेको छ । नर्वे विरुद्ध पहिलो जितको लागि ब्राजिलले अझै प्रतिक्षा गर्नुपर्नेछ ।
रमाइलो तथ्य के छ भने ब्राजिलले अन्तर्राष्ट्रिय फुटबलमा अहिलेसम्म ८८ टिमसँग खेल्दा नर्वेलाई मात्र हराउन सकेको छैन ।
यस्तै ब्राजिल ५० राष्ट्रसँग भने अपराजित छ ।

ब्राजिलले सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपको उपाधि जितेको थियो ।
यसअघि एक पटक २४ वर्षको अन्तरमा उपाधि जितेको ब्राजिलले यस पटक पनि त्यस्तै उपलब्धी हासिल गर्ने अपेक्षा थियो । सन् १९७० मा तेस्रो पटक विश्वकप जितेको ब्राजिलले त्यसको २४ वर्षपछि नस् १९९४ मा अमेरिकामै भएको विश्वकपको उपाधि जितेको थियो ।
तर २००२ को विश्वकप जितेपछि भने ब्राजिलले विश्वकपमा संघर्ष गर्दै आएको छ । त्यसयता ब्राजिल फाइनल पुग्न सकेको छैन । सन् २०१४ मा आफै बयोजक हुँदा सेमिफाइनल पुगेको ब्राजिल घरेलु मैदानमा जर्मनीसँग ७-१ को लज्जादपद हार बेहोर्दै फाइनल पुग्न असफल भएको थियो ।
यस पटक अन्तिम १६ मै पराजित भएको ब्राजिलले झन् खराब कीर्तिमान बनायो । ब्राजिल ३६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुग्न असफल भएको छ । सन् १९९० मा पछिल्लो पटक ब्राजिल अन्तिम १६ बाटै बाहिरिएको थियो ।
इटलीमा भएको उक्त विश्वकपमा क्लाडियो कानिजियाको एक मात्र गोलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गरेको थियो ।
विश्वकपमा ब्राजिलको यस पटकको प्रदर्शन सबैभन्दा कमजोर प्रदर्शनहरु मध्ये रह्यो । ब्राजिल फिफा विश्वकपमा जम्मा ३ पटक अन्तिम १६ बाटै बाहिरिएको छ ।
सन् १९३० मा भएको पहिलो विश्वकपमा समूह चरणबाटै बाहिरिएको ब्राजिल सन् १९३४ को दोस्रो विश्वकपमा सिधै नकबउट चरणको खेल हुँदा पनि अन्तिम १६ (पहिलो खेल) बाटै बाहिरिएको थियो । त्यसपछि १९९० मा अन्तिम १६ बाट बाहिरिएको ब्राजिलले अहिले ३६ वर्षपछि पनि उही नियति भोग्नुपर्यो ।
यस विश्वकपमा समुह सी मा रहेको ब्राजिलले पहिलो खेलमै मोरक्कोसँग १-१ को बराबरी खेलेको थियो । उक्त खेलमा पनि ब्राजिल सुरुमा एक गोले पछि परेको थियो र पुनरागमन गर्दै खेल बराबरी गरेको थियो । त्यसपछि हाइटी र स्कटल्यान्डला२ पराजित गर्दै समूह विजेताको रुपमा ब्राजिलले नकआउट चरणमा स्थान बनाएको थियो । ब्राजिलले राउण्ड अफ ३२ को खेलमा एसियन रास्ट्र जापानला२ २-१ ले पराजित गरेको थियो । उक्त खेलमा पनि ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको थियो र दोस्रो हाफमा दुई गोल फर्काउँदै पुनरागमन जित हात पारेको थियो ।
नर्वे विरुद्ध अन्तिम १६ को खेलमा भने ब्राजिलले सुरुमा अग्रता लिने अवसर गुमाउँदा त्यसको मुल्य चुकाउनुपर्यो । ब्राजिलले सुरुमै पेनाल्टी पाएको थियो । तर ब्रुनो गुमाइरेजले १४औं मिनेटमा प्रहार गरेको पेनाल्टी नर्वेका गोलकिपर नाएल्यान्डले सेभ गरेपछि ब्राजिल अग्रता लिनबाट चुकेको थियो ।
वर्तमान विश्व पुटबलकै घातक स्ट्राइकर एर्लिङ हालान्डला२ सुरुमा ब्राजिलका डिफेण्डरले रोकेपनि अन्तिम समयमा भने उनै हालान्ड नायक बने । हालान्डले ७९औं मिनेटमा पहिलो गोल गर्दै नर्वेलाई अग्रता दिलाए । त्यसपछि ब्राजिल बराबरी गोल पर्काउने लक्ष्यमा थियो । तर हालान्डले ने ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिल दुई गोलले पछि पर्यो । इन्जुरी टाइममा पनि ब्राजिलले पेनाल्टी पायो र त्यसमा नेमारले गोल गरेपनि ब्राजिललाई हारबाट रोक्न सकेनन् । यही हारपछि ब्राजिलका लागि सर्वाधिक ८० गोल गरेका नेमारले अन्तर्राष्ट्रिय पुटबलबाट सन्यास घोषणा गरेका छन् ।
प्रतिक्रिया 4