+
फिफा विश्वकप २०२६ :

मेक्सिकोले फर्कायो दोस्रो गोल

२०८३ असार  २२ गते ८:२० २०८३ असार २२ गते ८:२०

मेक्सिकोको घरेलु मेदान अज्टेका स्टेडियममा भइरहेको खेलमा राहुल जिमिनेजले ६९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै गोल अन्तर ३-२ बनाएका हुन् । 

२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इंग्ल्यान्डविरुद्ध सहआयोजक मेक्सिकोले दोस्रो गोल गरेको छ ।

मेक्सिकोको घरेलु मेदान अज्टेका स्टेडियममा भइरहेको खेलमा राहुल जिमिनेजले ६९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै गोल अन्तर ३-२ बनाएका हुन् ।

इंग्ल्यान्डका कप्तान ह्यारी केनले गुटिरेजलाई पेनाल्टी एरियामा फल गरेपछि रेफ्रीले भिएबरको सहयोगमा मेक्सिकोलाई पेनाल्टी दिएका थिए । जसमा जिमिनेजले सहजै गोल गरे ।

त्यसअघि कप्तान ह्यारी केनले ६०औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि दश खेलाडीमा समेटिएको इंग्ल्यान्डले ३-१ को अग्रता बनाएको थियो ।

पहिलो हाफमा इंग्ल्यान्डका जुड बेलिङहमले दुई तथा मेक्सिकोका जुलियन क्विनोनेसले एक गोल गरेका थिए ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय