+
+
Shares

कर्णालीमा गाडी खसेको विषय संसद्‍मा उठ्यो, दुर्घटनाको सत्यतथ्य तत्काल पत्ता लगाउन माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १२:२५

२२ असार, काठमाडौं । दैलेखमा १८ असारमा भएको गाडी दुर्घटनालाई सरकारले वेवास्ता गरेको भन्दै सांसदहरूले सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७, स्थित साङ्गेतडामा बिहीबार बिहान ११ः३० बजे क.प्र. ०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक फोर्स गाडी कर्णाली नदीमा खसेको थियो ।

नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले दैलेख दुर्घटनाको वास्तविकता तत्काल पत्ता लगाउन आग्रह गरिन् । दिनहुँ जस्तो भइरहेको दुर्घटना रोक्न कर्णालीको सडकको स्तरोन्नती गर्न समेत उनले माग गरिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले उद्धारमा ढिलो गरेको बताए । यो विषयमा रुलिङ गर्न उनले सभामुखलाई आग्रह गरे ।

‘नदीका बीचमा मान्छेले हारगुहार मागीरहेका थिए । एक जना मान्छे भिरमा अड्किएका थिए । तर समयमै उद्धार हुन सकेन’, शाहीले बैठकमा भने, ‘कर्णालीमा बस दुर्घटना सत्यतथ्य पत्ता लगाउन र उद्धारमा भएको जिम्मेवारी निर्धारण गर्न रुलिङ गर्न माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?