२२ असार, काठमाडौं । विभिन्न ठाउँमा थुप्रै पटक मञ्चन भएको नाटक जिउँदो आकाश फेरि मञ्चन हुने भएको छ । नयाँ बानेश्वरको थापा गाउँमा अवस्थित एक थिएटर नेपालमा पुन: मञ्चन हुने भएको हो ।
थिएटरका अनुसार साउन ३ गते देखि १३ गतेसम्म यो नाटक मञ्चन हुनेछ । नाटकको परिकल्पना/निर्देशन आरके मेहताले गरेका हुन् भने चन्द्र पाण्डेले लेखेका हुन् ।
नाटकमा मुख्यत: तेस्रोलिंगीको भावना र विषय समेटिएको छ । नाटकमा अनिल सुब्बाको एकल अभिनय हुनेछ ।
यो नाटक काठमाडौं सहित पोखरा, दमक, दिल्ली, गुहाटी लगायतका ठाउँमा मञ्चन भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4