+
+
Shares

आन्तरिक राजस्व र भन्सार विभागको महानिर्देशकमा भुसालद्वय नियुक्त

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालयमातहतका दुई महत्वपूर्ण विभागको महानिर्देशक नियुक्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते २०:५६

२२ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अर्थ मन्त्रालय मातहतका दुई महत्त्वपूर्ण विभागको महानिर्देशक नियुक्त गरेका छन् । उनले भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाललाई नियुक्त गरेका हुन् । विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई मन्त्रालय तानेपछि विभागको नेतृत्व खाली थियो ।

विभागमा निमित्त महानिर्देशक रहेका भरतमणि पाण्डेयको अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आन्तरिक राजस्व विभागको महानिर्देशकमा डा.भीष्मकुमार भुसाल नियुक्त भएका छन् । डा. वाग्ले मन्त्री हुने बित्तिकै तत्कालीन महानिर्देशक मदन दाहाललाई सरुवा गरे पनि उनले नयाँ नेतृत्व ल्याएका थिएनन् । यसबीचमा बजेट निर्माणजस्तो महत्त्वपूर्ण समयमा पनि उनले निमित्त महानिर्देशक रमेश अर्यालकै भरमा विभाग चलाएका थिए । महानिर्देशकमा भुसाललाई ल्याएपछि अर्याललाई भने अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ ।

त्यस्तै भन्सार विभागको उप महानिर्देशकका रूपमा प्रेमप्रसाद आचार्यको सरुवा भएको छ । नयाँ जिम्मेवारी पाएका दुवै भुसालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थ मन्त्रालय सरुवा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?