+
+
Shares

पूर्व-पश्चिम राजमार्गमा यात्रु बोकेको भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम)मा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १४:५५

२३ असार, काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम)मा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।

मंगलबार बर्दघाट नगरपालिका–४ तारेभिरमा बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ३४६० नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका–१० कपनका ३३ वर्षीय बद्री मगर, काठमाडौं स्वयम्भुका २५ वर्षीय नेत्रलाल नेवा, भारतीय नागरिक ६५ वर्षीय जगदीश बिएल, चितवन कालिका नगरपालिका–३ पदमपुरकी ६५ वर्षीया यनु मगर, रुपन्देही बुटवल उपमहानगरपालिका–४ अमरपथका ४० वर्षीय रूप गुरुङ, माइक्रो सहचालक ३५ वर्षीय गोविन्द थापा र माइक्रोबस चालक रुपन्देही बुटवल उपमहानगरपालिका– १२ ढवाहका ४४ वर्षीय कृष्ण थापा रहेका छन् ।

यस्तै, गुल्मी इस्मा गाउँपालिका–६ का २१ वर्षीय किरण मुखिया, अर्का भारतीय नागरिक ६१ वर्षीय नन्जुण्डे गोडा र रुपन्देही बुटवल उपमहानगरपालिका– १७ का २८ वर्षीय प्रकाश भट्टराई पनि घाइते रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही रिफर गरिएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

दुवै सवारीसाधन घटनास्थलमै रहेको र राजमार्गमा सवारी आवागमन सहज रहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक मकवानपुरको थाहा नगरपालिका– ११ का ३५ वर्षीय बुद्धिबहादुर ठोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?