+
+
Shares

सेयर बजारका सबै सूचक बढे, कारोबार रकममा सुधार

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १५:१८

२३ असार, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २४.५७ अंक बढेको छ । यो वृद्धिपछि नेप्से २६५१ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से २६.२९ अंक घटेको थियो ।

आज दिनभरजसो बजार हरियो अंकमा रह्यो । आजै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ । मौद्रिक नीतिमा बजारका लागि अनुकूल नीति आउने अपेक्षा लगानीकर्ताले गरेका छन् ।

कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४० करोडको भयो । २१० कम्पनीको मूल्य बढेको छ भने ५७ को घटेको छ । १० कम्पनीको मूल्य स्थिर रह्यो ।

बैंकिङ १.५२, विकास बैंक १.१३, व्यापार १.८९ प्रतिशत बढे ।  त्यस्तै फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.९९, लगानी ०.३८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.२५, निर्जीवन बीमा ०.७२ र अन्य ०.७७ प्रतिशत बढे ।

कालंगा हाइड्रोपावर कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सानीगढ हाइड्रोपावरको १०.५७, उपकार लघुवित्तको ९.६६, मन्दाकिनी हाइड्रोपावरको ५.५५ प्रतिशत मूल्य बढ्यो ।

आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै १३.७८ प्रतिशत घट्यो । स्नो रिभर फल्सको ५.१३, टक्सार पिखुवाखोलाको ४.४१ तथा झापा इनर्जीको ४.०६ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा ग्लोबल आईएमई बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स र शिवम् सिमेन्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?