+
+
Shares

बजेटका कारण अधिक तरलता खपत हुने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १६:४२

२३ असार, काठमाडौं । वित्तीय क्षेत्रमा भएको अधिक तरलता आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन सुरु भएपछि खपत हुने केन्द्रीय बैंकले अनुमान गरेको छ । बजेटले सार्वजनिक खर्च विस्तार, आयकर कटौती तथा आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले अधिक तरलता खपत हुने केन्द्रीय बैंकको विश्लेषण छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति मार्फत हालको अधिक तरलता बजेटका कारण खपत हुने अनुमान केन्द्रीय बैंकले गरेको हो । मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याजदरको अवस्थाले अर्थतन्त्र विस्तारमा सघाउ पुग्ने केन्द्रीय बैंकले जनाएको छ ।

‘बजेट नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवम् आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ,’ मौद्रिक नीतिमा उल्लेख छ ‘रेमिट्यान्स आप्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा व्यवस्थापनमा देखिएको चुनौती कायमै रहने आँकलन छ ।’

समग्र बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थायित्वका सूचकहरु सन्तोषजनक देखिएको केन्द्रीय बैंकले जनाएको छ । केही संस्थामा पछिल्लो समय देखिएको बढ्दो निष्कृय कर्जा र सोका कारण पूँजीकोषमा देखिएको दबाबका कारण सघन अनुगमन आवश्यक रहेको केन्द्रीय बैंकले औंल्याएको छ ।

आर्थिक गतिविधिसँगै आयात बढ्ने देखिएता पनि विप्रेषण आप्रवाह उच्च नै रहने एवम् पर्यटन लगायतका सेवा निर्यात विस्तार हुँदा चालु खाता एवम् शोधनान्तर स्थिति बचतमा रहने र सोको फलस्वरुप विदेशी विनिमय सञ्चिति अझै बढ्ने केन्द्रीय बैंकको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?