+
+
Shares

१२ हजार घुस रकमसहित वन कार्यालय प्रमुख पक्राउ

अख्तियारले सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादवलाई  सेवाग्राहीसँग घुस बापत १२ हजार लिएको अवस्थामा पक्राउ गरेको हो ।

सुरेश राय सुरेश राय
२०८३ असार २३ गते १९:०६

२३ असार, सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सिराहाबाट एक वन सब डिभिजन वन कार्यालयका प्रमुखलाई घुस रकमसहित पक्राउ परेको छ ।

अख्तियारले सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादवलाई  सेवाग्राहीसँग घुस बापत १२ हजार लिएको अवस्थामा पक्राउ गरेको हो ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले मंगलबार कर्जन्हा नगरपालिका–४ बाट पक्राउ गरेको छ ।

कर्जन्हा नगरपालिका–२ मा रहेको एक स: मिलले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको चार–चार हजारका दरले घुस रकम लिएको सूचना अख्तियारलाई प्राप्त भएको जनाएको छ ।

घुस मागेपछि सेवाग्राही अख्तियारमा पुगेका थिए । सोही अनुसार स्ट्रिङ अपरेसन गरेर पक्राउ गरी अनुसन्धान अघि बढाइने अख्तियारले जनाएको छ । अख्तियार टोलीले अहिले घटना मुचुल्का लिने काम गरिरहेको छ ।

डिभिजन वन कार्यालय, सिरहाका प्रमुख बेचन चौधरीले आफूलाई उक्त घटनाबारे जानकारी प्राव्त भएको बताए । तर, आफूलाई कुन विषयमा को सँग घुस लिएको हो भन्ने जानकारी प्राप्त नभइसकेको दाबी गरे ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?