+
+
Shares
नक्कली शरणार्थी प्रकरण :

बादलका छोरा प्रतीकले पाए सफाइ, तत्कालीन सल्लाहकार राई दोषी ठहर

 नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार ईन्द्रजीत राई दोषी ठहर हुँदा उनका छोरा प्रतीक थापाले भने सफाइ पाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते २२:४३

२३ असार, काठमाडाैं । नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्री रामबहादुर थापाका तत्कालीन सुरक्षा सल्लाहकार ईन्द्रजीत राई दोषी ठहर हुँदा उनका छोरा प्रतीक थापाले भने सफाइ पाएका छन् ।

जिल्ला अदालत काठमाडौंले मंगलबार गरेको फैसलामा प्रतीक थापालाई सफाइ दिएको हो । प्रतीक थापा आरोपित कसुरमा संलग्न रहेको भनी प्रेमराज पन्थीले जाहेरीमा उल्लेख गरेका थिए । तर पन्थीले प्रतीक थापा उपरको जाहेरी पूर्ण रुपमा खण्डीत हुने गरी बकपत्र गरेका थिए । त्यो समेतको आधारमा थापाले ठगीबाट प्राप्त कुनै पनि रकम लिए खाएको वस्तुनिष्ठ प्रमाण पेश हुन नआएको भन्दै अदालतले थापालाई सफाइ दिएको हो ।

थापाका सल्लाहकार राईलाई भने ठगी संगठित अपराध र राज्यविरुद्धको कसुरमा अदालतले दोषी ठहर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?