+
+
Shares

कार्यान्वयन हुँदैनन् राष्ट्रिय मानव अधिकार आयोगका सिफारिस

‘हाम्रो सिफारिस कार्यान्वयन भैराखेको छैन’, आयोगका अध्यक्ष तपबहादुर मगरले भने, ‘कुल सिफारिसको १३ प्रतिशत कार्यान्वयन भएको छ ।  ५२ प्रतिशत कार्यान्वयन छैन । बाँकी आंशिक कार्यान्वयनमा छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १०:०१

२४ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस कार्यान्वयन हुन नसकेको बताएको छ ।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा आयोगले यस्तो गुनासो गरेको हो ।

‘हाम्रो सिफारिस कार्यान्वयन भैराखेको छैन’, आयोगका अध्यक्ष तपबहादुर मगरले भने, ‘कुल सिफारिसको १३ प्रतिशत कार्यान्वयन भएको छ ।  ५२ प्रतिशत कार्यान्वयन छैन । बाँकी आंशिक कार्यान्वयनमा छ ।’

संसदको कानून न्याय तथा मानवअधिकार समितिले आयोगसँग ‘मानव अधिकारको वर्तमान अवस्था र आयोगको भूमिका’बारे बहस गर्न आयोगका पदाधिकारीहरुसँग छलफल गरेको हो ।

छलफलमा आयोगका अध्यक्ष मगरले सिफारिस कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?