+

बढ्दो क्यान्सर, न्युन उपचार र नियन्त्रणमा बेवास्ता

२०८३ असार  २४ गते १७:२९ २०८३ असार २४ गते १७:२९
Shares
बढ्दो क्यान्सर, न्युन उपचार र नियन्त्रणमा बेवास्ता

नागरिकको अकालमा ज्यान जानबाट जोगाउने दायित्व सरकारको हो । यसै कारण गम्भीर चोटपटक, संक्रमण, मुटु, कलेजो, रक्तनली र मिर्गौला सम्बन्धी रोगका साथै क्यान्सरको उपचार राज्यबाट हुनुपर्ने हो ।

अहिले क्यान्सरको समस्या निकै बढिरहेको छ । यो रोगका कारण धेरैलाई अकालमै जीवन गुमाइरहेका छन् । उपचार गरेर बाँचिहाले पनि धेरैलाई कंगाल बनाएको उदाहरण हाम्रो वरिपरि बग्रेल्ती छन् ।

सबै वर्ग, समुदाय र सबै उमेर समूहका व्यक्तिलाई क्यान्सर देखिन्छ ।

क्यान्सरमा के हुन्छ ?

हाम्रो शरीरमा कुल ३७ खर्ब कोषहरू हुन्छन् । ती मध्ये नष्ट हुने र नयाँ बन्ने अर्बौं कोषहरूको विभाजनलाई २० हजार जिनले नियमन गर्दछन् ।

क्यान्सर भनेको निर्दिष्ट कोषीय चक्रमा बन्ने र नष्ट हुने अर्बौं कोषहरूको अनियन्त्रित विभाजन हो । तर अनुवांशिक(जेनेटिक्स), शरीर भित्रको आन्तरिक कारण, बाह्य वातावरणीय कारण जस्तो प्रदूषण, रेडिएसन, निकोटिनयुक्त वस्तुको सेवन एवम विभिन्न भाइरसहरू पनि क्यान्सरका कारण मानिन्छन् ।

अल्कोहल क्यान्सरको एक मुख्य कारक हो । अल्कोहल र सुर्तीजन्य पदार्थ दुवै एकसाथ प्रयोग गर्ने बानीले मुख, घाँटी, श्वास नली, फोक्सो, कलेजो देखि सबै अंगहरूमा क्यान्सर उत्पन्न हुने सम्भावना बढ्न सक्छ । भाइरसहरू (ह्युमन प्यापिल्लोमा १६, १८ )ले पनि पाठेघरदेखि घाँटीका क्यान्सरहरू निम्त्याउन सक्छन् ।

नेपालमा कुल क्यान्सरका बिरामिमध्ये आधा जतिद्ये सुर्ती, गुट्खा, सुपारी जन्य ोस्ट्टुह्यरू हरू सेवनहरू भएको अनुमान गर्न किन्छ । आणुक्कवक्ष ऋद्दुङ्गँद्दशिक उत्परिवर्तन

, खेतिपाती फलफुल तरकारीमा प्रयोग गरिने बिषादीहरू,विभिन्न हानिकारक विकिरण र रसायनहरूको उत्सर्जनबाट सबै अंगहरूको क्यान्सर बढ्दो छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक तिहाइ क्यान्सरजन्य मृत्युको कारण सुर्ती, अल्कोहल, मोटोपन, शारीरिक व्यायाम अभाव, आदिका कारण हुने गरेको छ । आंगिक दृष्टिले भौगोलिक अवस्था, वातावरणीय प्रभाव, बानी बेहोराको आदिको आधारमा क्यान्सरको कारण फरक हुनेगर्छ ।

जस्तो अल्कोहल कलेजो, पाचननली आदिको क्यान्सरको कारक बन्दछ भने धूम्रपानको कारण श्वासनली, भोजन नलीको क्यान्सरको जोखिम बढ्छ।

क्यान्सरमा प्राकृतिक कोषहरू अनियन्त्रित एवम अप्राकृतिक रूपमा वृद्धि हुँदै जान्छ ।

ती क्यान्सरयुक्त कोषहरू तन्तुले अन्य नजिकै रहेको रक्तकोषको माध्यमबाट समेत शरीरको अन्य भागमा समेत फैलिन थाल्दछन् । यसरी क्यान्सर भनेको शरीरका अस्वभाविक कोषहरू अनियन्त्रित किसिमले रुपान्तरण र संख्यामा वृद्धि हुनु पनि हो ।

कारणहरू

क्यान्सर रोग अनुवांशिक कारणले पनि लाग्न सक्छ । वातावरण प्रदूषण, विभिन्न रसायनसँगको सम्पर्क, भाइरस जस्ता विषाणुहरूले पनि क्यान्सर निम्त्याउन सक्छ । कुनै संक्रमण, रेडिएसन आदि कुराहरू पनि क्यान्सरका कारक मानिएका छन् । सबै क्यान्सरका रोगीहरूमा स्पष्ट कारण पत्ता नलाग्न पनि सक्छन् ।

सुर्तीमा तलतल लाग्ने निकोटिन बाहेक दर्जनौं हानिकारक रसायन हुन्छन् । धुवाँ बिनाको सुर्तीजन्य वस्तुलेले पनि मुख ,घाँटीका क्यान्सर निम्त्याउन सक्छ । सुर्तीमा पोलिसाइक्लिक एरोमाटिक, नाइट्रोसामाइन ३० रसायनहरू क्यान्सरको कारक हुन् । धुवाँबाट निस्कने कार्बन मोनो अक्साइडले त फोक्सो देखि रक्तनलिमै अवरुद्धता पैदा गर्छ । पानपराग, गुटखा जस्ता हानिकारक वस्तुहरूको सेवनले मुख, घाँटी, गला, भोजन नलीका साथै नाक, कान घाँटी संबद्ध क्यान्सरहरूमा वृद्धि भइरहेको देखिन्छ ।

सुर्तीमा रहेका यस्ता हानिकारक रसायनहरूले रक्तनली ,रक्तकोषदेखि थाइरोइड, र्‍याल ग्रन्थी लगायत धेरै अंगमा क्यान्सर उत्पन्न गराउने संभावना रहन्छ ।

मदिरा

क्यान्सर सम्बन्धी अन्तर्राष्ट्रिय एजेन्सीले अल्कोहललाई क्यान्सरको पहिलो कारक मानेको छ । ‘थोरै अल्कोहल सेवन’ भन्ने पुरानो सोचाइ पनि अस सावित भएको छ । थोरै रक्सिले पनि क्यान्सर निम्त्याउँछ।

अल्कोहलले निम्न अंगहरूमा क्यान्सर निम्त्याउन सक्छ

कलेजो

अल्कोहल त कलेजोको प्रमुख दुस्मन हो जस्ले कलेजोमा क्यान्सर मात्रै गर्दैन पुरै नष्ट गरेर व्यक्तिको जीवनमा आघात पुर्‍याउन सक्छ । कलेजो रोग विशेषज्ञका अनुसार कलेजो बिग्रेकाहरू मध्ये लगभग सबैजसो अल्कोहल सेवन गर्नेहरू छन् ।

-मुख ,गला, खाने, बोल्ने नली र आमाशय पाचन प्रणाली
-स्तन
-आन्द्रा

सुर्ती र अल्कोहलको संमिश्रण झनै घातक

सुर्ती र अल्कोहल यी दुवै वस्तुहरूको संमिश्रण झनै घातक छ । अल्कोहल सँगै सुर्ती या धुम्रपानको पनि सेवन गरे मुख घाँटीमा क्यान्सर हुने सम्भावना बढ्न सक्छ । सुर्तीमा रहेका क्यान्सरयुक्त रसायनहरू सहजै तन्तु एवम कोषमा पुग्दछन् ।

अल्कोहल पिउँदा धूम्रपान या सुर्ती सेवन गर्ने बानी छ जुन झनै हानिकारक छ । यी बाहेक आनुवांशिक उत्परिवर्तन, रासायनिक एवम विकिरणीय पदूषण भाइरस ब्याक्टेरियाहरूको संक्रमण बाट पनि क्यान्सर लाग्न सक्छ । त्यति मात्रै होइन मुख एवम दाँतको सरसफाइको कमी, विभिन्न समूहका भाइरसहरूको संक्रमण उदाहरण हेपाटाइटिस बी ले कलेजोको, प्यापिल्लोमा भाइरसले १६, १८ ले घाँटी, पाठेघर पनि क्यान्सरका कारण हुन् ।

सुरुमा क्यान्सरका पूर्व अवस्थाका लक्षणहरू जस्तो दाग, घाउ, टाटा, गिर्खा आदि देखिन्छन् प्रारम्भिक अवस्थामा नै क्यान्सर पत्ता लागे सावधानी अपनाए या उपचार गरे – क्यान्सर निको पनि हुन सक्छ । प्रारम्भिक अवस्थामै निदान गरी उपचार गरे क्यान्सरबाट पूर्णरूपमा उन्मुक्ति पाउन सकिन्छ ।

कष्टपूर्ण जीवन र अकाल मृत्यु

क्यान्सर जुनसुकै उमेर, पेशा र लिंगको व्यक्तिलाई पनि लाग्न सक्छ । समयमै उपचार गरे निको पनि हुन्छ । त्यसैले क्यान्सर भनेको कुनै पूर्वजन्मको फल भन्दा पनि वंशाणुगत, आन्तरिक र बाह्य कारणले लाग्ने रोग हो । पूर्ण निको हुन नसके पनि बिरामीलाई पीडाबाट मुक्ति दिलाउन सकिन्छ । क्यान्सर पीडितलाई सबैको स्नेहको जरुरत छ ।

उपचार

क्यान्सरको उपचार मुलत दुई प्रकारको हुन्छ -निको पार्ने र लक्षण या दुखाइहरू घटाउने । क्यान्सरको उपचारले व्यक्तिको आयु बढ्न सक्छ तर उपचार पछि पनि जीवन कष्टपुर्ण हुन सक्छ ।

उदाहरणका लागि जिब्रो, मुख, घाँटीको क्यान्सरमा शल्यचिकित्सा गरे पछि जीवन सहज हुनु भन्दा झन् कठिन र पिडादायी हुन पनि सक्छ ।

यो चाहिँ स्टेज या तहमा निर्भर हुन्छ । उदाहरण सुरुको अवस्थामा उदाहरण २ से मी भन्दा सानो, मोटाइ या फैलावट कम भएको क्यान्सरलाई सीमित शल्यचिकित्सा, रेडियोथेरापी, किमोथेरापीबाट पनि उपचार गर्न सकिन्छ । यस्तो उपचार सहज र सफल पनि हुने सम्भावना रहन्छ ।

शल्यक्रिय , रेडियोथेरापी, किमोथेरापीसहित आधुनिक तरिका या उपायहरू जस्तो टार्जेटेड थेरापी जिन थेरापीजस्ता अप्रेसन बिनाका आधुनिक महंगा उपचारहरू पनि छन् । क्यान्सर उपचारको सफलता क्यान्सरको अवधि, प्रकृति, चरण, फैलावट आदिमा निर्भर हुन्छ ।

उपचारमा सहजता र पहुँच

ज्यान जोगाउन अपरिहार्य हुने क्यान्सरको उपचार नि:शुल्क र त्यो नभए सहुलीयतपूर्ण हुनुपर्ने हो ।

क्यान्सरबाट पीडितहरूका लागि महंगो उपचारका कारण ठूलो मात्रामा ऋणको भारी बोक्नुपर्ने अवस्था छ । यो कुनै भावनात्मक अभिव्यक्ति नभइ एक चिकित्सकको अनुभवसिद्ध तथ्य हो ।

क्यान्सरका बिरामीहरू प्रतिको सरकारको असंवेदनशीलता, कम्तीमा सबै केन्द्रीय अस्पतालहरू एवम सार्वजनिक क्यान्सर अस्पतालहरूमा रेडियोथेरापी सेवाको सरल पहुँच हुनु आवश्यक छ ।

अझै पनि नेपालबाट ठूलो संख्यामा क्यान्सरका रोगीहरू दिल्लीको राजीव गान्धी क्यान्सर अस्पताल सहितका भारतका विभिन्न अस्पतालहरूमा जाने गर्छन् । यो हुनुको कारण भनेको नेपालमा स्तरीय उपचारको अभाव हुनु मात्रै नभएर जानकारीको अभाव, कमिसनका लागि हुने आर्थिक चलखेलहरू समेत जिम्मेवार छन् ।

एकातिर क्यान्सर उपचारमा प्रयुक्त रेडियोथेरापी सेवा सार्वजनिक अस्पतालहरूमा उपलब्ध नहुनु अनि अर्कोतिर धेरैजसो सरकारी क्यान्सर अस्पतालहरूमा आवद्ध चिकित्सकहरूको लगानीमा रहेका निजी अस्पतालमा उपचार सेवाहरू निकै महंगो हुनुले धेरै बिरामीले अकालमा ज्यान गुमाइरहेका छन् ।

नेपालमा निजी क्षेत्रको क्यान्सर उपचार अस्वभाविक रुपमा महंगो छ । सरकारले उपलब्ध गराउने एक लाख रुपैयाँ हात्तीको मुखमा जिराझैँ बन्न पुग्छ।

वीर, त्रिवि शिक्षण अस्पताल आदिमा क्यान्सर उपचारको प्रबन्ध हुनुपर्ने हो । सरकारी लगानीमा एक दशक अघि शिक्षण अस्पतालमा स्थापित क्यान्सर अस्पताल भवनमा अहिलेसम्म रेडियोथेरापी उपलब्ध छैन ।

क्यान्सर उपचारकै लागि स्थापित बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा अझै पनि क्यान्सरसम्बन्धी शल्य चिकित्साहरू निर्वाध रूपमा चल्न सकेको छैन । रेडियोथेरापी मेसिन पनि उपयोगमा आउन सकेको छैन । क्यान्सरमा दक्षता हासिल गरेका विशेषज्ञ चिकित्सकहरू बेरोजगार र निराश भएको स्थिति छ ।

भरतपुर, भक्तपुर क्यान्सर अस्पताललाई एउटै राष्ट्रिय संस्थाको रुपमा विकास गरी त्यहाँ कार्यरत क्यान्सर विशेषज्ञहरूलाई उचित पारिश्रमिक प्रदान गरी क्यान्सर अस्पतालमा नै खटेर काम गर्ने वातावरण बन्न सकेको छैन । अन्य अस्पतालहरूमा पनि क्यान्सरको शल्य चिकित्सा, रेडियोथेरापी, किमोथेरापी सेवालाई अभिवृद्धि हुन नसके एकातिर अकालमा मर्ने अनि अर्कोतिर महंगो उपचारको ऋणले घर खेतविहीन हुने अवस्था छ ।

एकातिर उपचारमा दशौं लाख खर्च हुने अनि अर्कोतिर निको न भै अकालमा ज्यान गुमाउनु पर्ने, बाँचे पनि बहुसंख्यकको जीवन दु:खद् र पिडादायी हुने, आफन्तको निम्ति बोझिलो । बन्न पुग्छ ।

क्यान्सर र जनचेतना

सरकारले बिगतमा झै रोगबारे सचेतता फैलाउने घोषणा गरेको छ । सचेतना फैलाउने माध्यमहरू बहुआयामिक र बहुपक्षीय छन् । धूम्रपान, मद्यपानका हानिबारे सरकारी विज्ञापन या जानकारी औपचारिकता जस्तै मात्रै बनिरहेका छन् ।

यस्तो पदार्थको सेवनलाई न्युनिकरण गर्ने विकसित देशहरूमा क्यान्सर हुने दरमा कमी आएको छ । तर हाम्रोमा त्यो हुन सकेको छैन । यस्ता हानिकारक वस्तुहरूको बिक्रीवितरण र सेवनमा कमी ल्याउन राजनीतिक पार्टी, सरकार मात्रै होइन मेडिकल काउन्सिल, स्वास्थ्य निकाय, चिकित्सकका संघ संगठन कसैको ध्यान गएको छैन ।

उपचार क्यान्सर खर्च बिरामी
प्रा. डा. ढुण्डीराज पौडेल
लेखक
प्रा. डा. ढुण्डीराज पौडेल
नाक, कान तथा घाँटीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १७७१ अध्ययन : एमबीबीएस, एमएस (नाक, कान तथा घाँटी सर्जरी) देशका एक दर्जन बढी जिल्लामा पुगेर नाक, कान तथा घाँटीरोगको उपचार, सरकारी स्वास्थ्य सेवामा तीन दशकको अनुभव ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो क्यान्सर, न्युन उपचार र नियन्त्रणमा बेवास्ता

बढ्दो क्यान्सर, न्युन उपचार र नियन्त्रणमा बेवास्ता

मानसिक स्वास्थ्यबारे युवाहरूको मौनता : समाजको एक चुनौती

मानसिक स्वास्थ्यबारे युवाहरूको मौनता : समाजको एक चुनौती

हृदय समस्या : ट्राइग्लिसराइड र कोलेस्टेरोल एउटै हो ?

हृदय समस्या : ट्राइग्लिसराइड र कोलेस्टेरोल एउटै हो ?

कुन उमेरदेखि बच्चालाई फाइबरयुक्त खानेकुरा दिनुपर्छ ?

कुन उमेरदेखि बच्चालाई फाइबरयुक्त खानेकुरा दिनुपर्छ ?

७७ वर्षीय डाक्टरको चेतावनी : प्रोस्टेट क्यान्सरले मलाई फसायो, तपाईं नफस्नुहोस्

७७ वर्षीय डाक्टरको चेतावनी : प्रोस्टेट क्यान्सरले मलाई फसायो, तपाईं नफस्नुहोस्

बच्चाको साटिने दाँतमा कीरा लाग्दा, नयाँ दाँतलाई असर गर्छ कि गर्दैन ?

बच्चाको साटिने दाँतमा कीरा लाग्दा, नयाँ दाँतलाई असर गर्छ कि गर्दैन ?