+
+
Shares

मुगुका सांसद शाही भन्छन्– गणेशको राति नै मृत्यु भइसकेको थियो, सरकारले नाटक गर्‍यो

‘सरकारले गणेशकाप्रति नाटक गर्‍यो । हिजो बेलुका म त्यहाँ (वीर अस्पताल) गएको थिएँ । उसको चिकित्सकले भने अनुसार ९५ प्रतिशत बाँच्ने अवस्था छैन भन्नुभएको थियो । आज रातभर गृहमन्त्री लगायतले जुन स्टन्टबाजी गर्नुभएको छ,’ उनले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद खड्गबहादुर शाहीले मुगुका गणेश नेपालीको मृत्युको विषयमा सरकारले 'स्टन्टबाजी' र 'नाटक' गरेको आरोप लगाउनुभएको छ ।
  • शाहीले गणेशको मृत्यु भइसकेको अवस्थामा पनि गृहमन्त्रीले नयाँ दिल्ली लैजाने भन्दै प्रचारबाजी गरेको जिकिर गर्नुभएको छ ।
  • वीर अस्पताल पुग्दा चिकित्सकले गणेशको बाँच्ने सम्भावना नरहेको जानकारी दिएको र पछि मृत्यु लुकाइएको सांसद शाहीले उल्लेख गर्नुभयो ।

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले आफ्नो निर्वाचन क्षेत्रका २५ वर्षीय गणेश नेपालीको मृत्युका विषयमा सरकारले ‘हैकमवाद’ चलाएको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले नेपालीको मृत्युको विषयमा सरकारले ‘नाटक’ गरेको समेत बताए ।

सांसद शाही मुगुबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् । उनले यो विषयमा घटनालगत्तै पनि संसद्मा आफ्ना कुरा राखेर सरकारको ध्यानाकर्षण गराएका थिए ।

हिजै राति आफू र प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे वीर अस्पताल पुगेको र त्यतिबेलै चिकित्सकहरूले ९५ प्रतिशत बाँच्ने सम्भावना नरहेकोबारे आफूहरूलाई जानकारी गराएको उनले बताए ।

‘सरकारले गणेशकाप्रति नाटक गर्‍यो । हिजो बेलुका म त्यहाँ (वीर अस्पताल) गएको थिएँ । उसको चिकित्सकले भने अनुसार ९५ प्रतिशत बाँच्ने अवस्था छैन भन्नुभएको थियो । आज रातभर गृहमन्त्री लगायतले जुन स्टन्टबाजी गर्नुभएको छ,’ उनले भनेका छन् ।

गृहमन्त्री सुधन गुरुङले राति नै अस्पताल पुगेर उपचारका लागि नयाँ दिल्ली लाने तयारी भएको बताएका थिए । साथै, अस्पतालदेखि विमानस्थलसम्म प्रहरी परिचालन समेत गरेका थिए ।

गृहमन्त्रीको उक्त कार्यलाई सांसद शाहीले ‘स्टन्टबाजी’ को संज्ञा दिएका छन् ।

‘उहाँले गर्न खोज्नुभएको प्रयास होला ठिक । तर गणेश नेपाली राति नै बितिसकेका रहेछन् । बिहानसम्म घोषणा गरिएन । हामी भीष्मराज आङ्देम्बे र म गइसकेपछि शैयामा राखिरहेको लासलाई हेरिसकेपछि स्वास्थ्यमन्त्री, अस्पतालका चिकित्सकसँग बसेर उहाँहरूले किन घोषणा गर्नुभएन त ?,’ उनले भने, ‘मान्छे बितिसकेको छ, पत्रकार सम्मेलन गरेर उपचार भइरहेको छ भन्नुहुन्छ । मान्छेको मृत्यु भइसकेको छ, तपाईं के को पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ, भनेपछि अहिले मृत्यु घोषणा प्रयास गरिरहेका थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?