News Summary
Generated by OK AI. Editorially reviewed.- मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ ।
- महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेपछि नेपालीले बिहीबार राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका थिए ।
- घटनाको विरोधमा महानगरपालिका कार्यालय घेराउ गर्न गएका प्रदर्शनकारीहरूलाई प्रहरीले सुन्धारामा रोकेको छ ।
२६ असार, काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि ज्यान गएपछि आक्रोशित हुँदै महानगरपालिका घेराउ गर्न जान लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको छ ।
उनीहरू वीर अस्पतालबाट सुन्धारा हुँदै पुरानो महानगरपालिकाको कार्यालय भएको ठाउँ घेराउ गर्न जाँदै थिए । सो क्रममा प्रहरीले सुन्धारामै रोकेको हो ।
मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।
करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शुक्रबार मृत्यु भएको छ ।
भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि उनले आत्मदाहको प्रयास गरेका थिए ।






प्रतिक्रिया 4