+
+
Shares

‘कमेडी नाइट विथ च्याम्पियन्स’ को अध्यक्षमा देखिए जितु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रसिद्ध कमेडी शो 'कमेडी नाइट विथ च्याम्पियन्स'को अध्यक्षमा जितु नेपाललाई नियुक्त गरिएको छ ।
  • दीपाश्री निरौलाको स्वास्थ्यमा सुधार नभएसम्म जितु नेपालले उक्त भूमिका निर्वाह गर्ने निर्देशक विशाल भण्डारीले जानकारी दिनुभयो ।
  • ब्रेन ट्यूमरको शल्यक्रियापछि आराम गरिरहेकी दीपाश्री निरौला पूर्ण रूपमा स्वस्थ भएपछि पुनः काममा फर्किनेछिन् ।

काठमाडौं । प्रसिद्ध कमेडी टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’को अध्यक्षमा जितु नेपाललाई देख्न पाइने भएको छ । उनलाई अध्यक्षमा लिएर शोको नयाँ एपिसोड छायांकन भएको छ ।

मंगलबार प्रसारण तयारीमा रहेको ६६ औं एपिसोडको ट्रेलरमा नेपाललाई अध्यक्षको रुपमा देख्न पाइन्छ । निर्देशक विशाल भण्डारीले अध्यक्षको रुपमा देखिँदै आएकी दीपाश्री निरौला स्वास्थ्य लाभ गरुञ्जेल जितुलाई अध्यक्षको रुपमा हेर्न पाइने बताए ।

‘जितुजीलाई लिएर दुई एपिसोड छायांकन भैसकेको छ । दीपा दिदीको हेल्थ ठीक भएपछि उहाँ नै अध्यक्ष हुने हो’ निर्देशक भण्डारीले बताए ।

ब्रेन ट्यूमरको शल्यक्रियापछि निरौला अहिले स्वास्थ्य लाभ गरिरहेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?