+

काभा भलिबल च्याम्पियनसिप : नेपालले पहिलो खेल कजाखस्तानसँग खेल्ने

२०८३ साउन  ५ गते १४:५६ २०८३ साउन ५ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल जुलाई २२ मा कजाखस्तानसँग खेल्नेछ ।
  • हरिहजुर थापाको कप्तानीमा रहेको १२ सदस्यीय नेपाली टोली उक्त प्रतियोगितामा सहभागी हुन पाकिस्तान पुगिसकेको छ ।
  • नेपालले पहिलोपटक एफआईभीबीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो जसले विश्व भलिबलको मानचित्रमा नेपालको नाम पुनः समावेश गर्नेछ ।

५ साउन, काठमाडौं । पाकिस्तानमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

सेन्ट्रल एसियन भलिबल एसोसियसनले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल कजाखस्तानसँग खेल्नेछ । उक्त खेल जुलाई २२ तारिखमा हुनेछ । उक्त दिन उज्वेकिस्तानले बंगलादेश तथा पाकिस्तानले श्रीलंकाको सामना गर्नेछ ।

६ टोली सहभागी च्याम्पियनसिपमा सिंगल राउन्ड रोविनका आधारमा खेल हुनेछ । शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । पाँचौं र छैटौं स्थानमा रहने टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनल जुलाई २८ र फाइनल खेल जुलाई २९ मा हुनेछ । पहिलो सेमिफाइनलमा शीर्ष स्थान र चौथो स्थानमा रहने टोली भिड्नेछन् । दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न हरिहजुर थापाको कप्तानीमा १२ सदस्यीय नेपाली टोली पाकिस्तान पुगिसकेको छ । नेपाली पुरुष भलिबल टोलीले पहिलो पटक एफआईभीबीको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्न लागेको हो ।

विश्व भलिबलको मानचित्रमा नाम फेरि एक पटक समावेश गर्ने अवसर नेपाललाई बन्नेछ ।

सुरुवातमा अफगानिस्तानले पनि खेल्ने भनिएकोमा अन्तिम समयमा सहभागि नभएको र उज्वेकिस्तानले अन्तिम समयमा सहभागिता पक्का गरेको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

काभा पुरुष भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय