+
+
Shares

मोहन बस्नेतको दाबी : काठमाडौं–४ मा लडेको भए गगनको जमानत जफत हुन्थ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता मोहनबहादुर बस्नेतले कांग्रेस महामन्त्री गगन थापा काठमाडौँ–४ मा उम्मेदवार बनेको भए जमानत जफत हुने दाबी गरेका छन्।
  • बस्नेतले सिन्धुपाल्चोकका नौ हजार छ सय मतदातासँगको कुराकानीका आधारमा यस्तो अभिव्यक्ति दिएका हुन्।
  • उनले सिनियर नेताहरूलाई खरानी दस्ता भनेको भन्दै थापाको आलोचना गरेका छन्।

६ असार, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले गत फागुनमा भएको निर्वाचनमा कांग्रेस सभापति गगन कुमार थापाले काठमाडौं–४ बाटै प्रतिस्पर्धा गरेको भए जमानत नै जफत हुने दाबी गरेका छन् ।

बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा बस्ने सिन्धुपाल्चोकका ९ हजार बढी मतदातासँगको कुराकानीपछि आफूले यस्तो दाबी गरेको नेता बस्नेतको दाबी थियो । ‘म भन्न चाहन्छु, गगन थापाजी यहाँ काठमाडौं ४ मा लड्नुभएको भए, उहाँका अरु उम्मेदवारजस्तै उहाँको पनि जमानत जफत हुन्थ्यो । किनभने सिन्धुपाल्चोकका मात्रै ९ हजार ६ सय मतदाता यहाँ छन्, उहाँहरूको कुरा सुनेर मैले भनेको हुँ,’ बस्नेतले भने ।

आफ्ना सिनियर नेताहरूलाई खरानी दस्ता भनेकोप्रति नेता बस्नेतले आपत्ति जनाए ।

‘हाम्रा सिनियर नेताहरूलाई खरानी दस्ता भनेर उहाँहरूले नाम दिनुभयो । को रहेछ खरानी ? अहिले गगन थापाजीको नेतृत्वमा चुनावमा होमिनेबित्तिकै खरानी गगन थापाजी आफैं पनि चुनाव हारेर आउनुभयो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?