+
+
Shares

एउटा व्यक्तिको भाषणलाई स्वाद मानेर महिनौं बिताउने समय होइन यो : आङ्देम्बे

‘जब विवाद आक्रोशित ध्यानमा रुपान्तरण हुँदै जान्छ नि त्यतिखेर त्यो झांगिएको विवादले पार्टी जीवन समाप्त पार्दै जान्छ । शिथिल बनाउँदै लान्छ । शिथिल पार्टीले उन्नत निष्कर्ष दिन सक्दैन,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले अहिलेको समयमा ऐतिहासिक निर्णय गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
  • आङ्देम्बेले बीपी कोइरालाको स्मृति दिवसमा बोल्दै पार्टीलाई केवल भाषणको पछि नलागी गम्भीर र दूरगामी निर्णय लिन आग्रह गर्नुभएको छ ।
  • उहाँले पार्टीभित्रको विवाद आक्रोशमा परिणत हुँदा संगठन कमजोर हुने भन्दै सचेत रहन नेता तथा कार्यकर्ताहरूलाई खबरदारी गर्नुभएको छ ।

७ असार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ऐतिहासिक निर्णय गर्ने बेला आएको बताएका छन् ।

बीपी कोइरालाको स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले एउटै व्यक्तिको भाषणले महिनौं खुसी भएर बस्ने बेला अहिले नभएको जिकिर गरे ।

‘अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागेको छैन । त्यस्तो समय पनि थियो एक व्यक्तिले भाषण गरेपछि त्यसमा स्वाद मानेर महिनौं बिताउने हामी पनि हौं,’ उनले भने, ‘अहिलेको यो समयले यो कांग्रेसलाई एक थान भाषणको निम्ति होइन गम्भीरतापूर्वक ऐतिहासिक निर्णय पनि गर भनेको छ । यो कुरा बुझ्नुपर्छ ।’

जीवन्त पार्टीमा छलफल, बहस, वादप्रतिवाद हुने उनको भनाइ थियो ।

‘जब विवाद आक्रोशित ध्यानमा रुपान्तरण हुँदै जान्छ नि त्यतिखेर त्यो झांगिएको विवादले पार्टी जीवन समाप्त पार्दै जान्छ । शिथिल बनाउँदै लान्छ । शिथिल पार्टीले उन्नत निष्कर्ष दिन सक्दैन,’ उनले भने ।

अहिलेको समयमा इतिहासले पार्टी नेता तथा कार्यकर्तालाई खबरदारी गरिरहेको भन्दै उनले उक्त खबरदारी चेतलाई महसुस गरिरहेको जिकिर गरे ।

‘इतिहासले हामीलाई सम्झाइरहेको छ । हामीलाई खबरदारी गरिरहेको छ । इतिहासको खबरदारी भनेको सचेत गराएको हो,’ उनले भने, ‘कांग्रेसले त्यो खबरदारी र चेतलाई महसुस गर्नुपर्छ । त्यसकारण आज हामीले नवीन परिस्थितिमा नवीन संकल्प गर्न, मोफसलमा रहेका संरचनालाई पुर्‍याउनका लागि शंखघोष गर्नुपर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?