+
+
Shares

सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

सुरेश राय सुरेश राय
२०८३ साउन १४ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको निधन भएको छ।
  • सहायक सीडीओ चेतराज बरालले भने- ‘मृत्यु भएको भन्ने खबर आएको छ र औरही गाउँपालिका–२ का गणेश यादवको निधन भएको खबर हामीले पाएका छौं ।\'
  • झडपपछि उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र सिरहाका विभिन्न क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ।

१४ साउन, सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सहायक सीडीओ चेतराज बरालले जानकारी दिए ।

‘मृत्यु भएको भन्ने खबर आएको छ । औरही गाउँपालिका–२ का गणेश यादवको निधन भएको खबर हामीले पाएका छौं,’ सहायक सीडीओ बरालले भने ।

अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

उनका अनुसार, थप विवरण भने आउन बाँकी छ । सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?