News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङ आज सिरहा पुगी प्रहरीको गोलीबाट ज्यान गुमाएका गणेश यादवका आफन्तलाई भेट्ने कार्यक्रम तय भएको छ।
- सुनसरीको देवानगञ्जमा मृतकका आफन्तसँग सात बुँदे सहमतिमा हस्ताक्षर भएपछि गृहमन्त्री गुरुङ विराटनगर हुँदै सिरहा प्रस्थान गरेका हुन्।
- गृहमन्त्री गुरुङले सिरहाको पछिल्लो सुरक्षा अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीहरूसँग विस्तृत जानकारी लिने बताइएको छ।
१५ साउन, विराटनगर । गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन् । सिरहामा उनले मृतकका आफन्तलाई भेट्ने कार्यक्रम छ ।
यो जानकारी उनले आफैं सुनसरीको देवानगञ्जमा दिएका हुन् ।
विहीबार राति गृहमन्त्री गुरुङले देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा मृतकका आफन्तलाई भेटेका थिए । उनको उपस्थितिमा मृतकका परिवारसँग सात बुँदे सहमतिमा हस्ताक्षर समेत भएको छ ।
सहमतिपछि उनी मोरङको विराटनगरमा आएका छन् । केही समय विराटनगरमा बिताएर उनी सिरहा जाने कार्यक्रम तय भएको छ ।
सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध चर्किँदा बिहीबार मधेश प्रदेशका जिल्ला समेत अशान्त छन् । सिरहामा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाही निवासी रामवृक्ष यादवका छोरा गणेश यादवको मृत्यु भएको थियो ।
गृहमन्त्री गुरुङले आज यादव परिवारलाई भेट्ने र जिल्लाको पछिल्लो अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीहरुबाट जानकारी लिने कार्यक्रम छ ।
प्रतिक्रिया 4