१५ साउन, विराटनगर । सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ ।
आइतबार कप्तानगञ्जमा दुई समूहबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । यो घटनामा सरकार र पीडित परिवारबीच शुक्रबार बिहान सहमति भएको थियो । सहमतिपछि आज दिउँसो मृतकको अन्त्ष्टि गर्ने तयारी छ ।
तर, पनि विराटनगरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले चोकमा टायर बालेका छन् । प्रदर्शनका क्रममा बजार पसल बन्द छ । यातायात सेवा पनि अवरुद्ध भएको छ ।
बिहीबार विराटनगरमा भएको सर्वपक्षीय बैठकले आज दिउँसो ३ बजे सद्भाव र्याली निकाल्ने निर्णय गरेको थियो । केही व्यत्तिले भने तत्काल सद्भाव र्याली निकाल्दा हतार हुने भन्दै विरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4