+
+
Shares

अभिनेता प्रदीप रावतको मुम्बइमा निधन, अत्येष्टि आज बेलुका

आज बुधबार बेलुका मुम्बइमै उनको अन्तिम संस्कार गरिने भएको छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि गोरेगाउँस्थित घरमा दिउँसो २ देखि ४ बजेसम्म राखिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते ८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको छ ।
  • रक्त क्यान्सरबाट पीडित रावतको अन्त्येष्टि बुधबार बेलुका मुम्बईको ओसिवारा पुलनजिकैको आर्यघाटमा गरिने भएको छ ।
  • रावतले लगान, गजिनी, महाभारत सिरियलका साथै नेपाली फिल्म ह्रस्वदीर्घ र आमामा अभिनय गरी दर्शकको मन जितेका थिए ।

काठमाडौं । चर्चित भारतीय अभिनेता प्रदीप रावतको निधन भएको छ । अभिनेत्री समेत रहेकी उनकी पत्नी कल्याणी र व्यवस्थापक सिद्धार्थ तिवारीले रावतको निधनबारे अनलाइनखबरसँग पुष्टि गरेका छन् ।

कल्याणीका अनुसार मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा अभिनेताले मंगलबार अन्तिम सास लिए । त्यसपछि उनको शवलाई त्यहाँबाट नजिकै पर्ने गोरेगाउँस्थित निवासमा लगिएको थियो ।

७४ वर्षिय रावत रक्त क्यान्सरबाट पीडित थिए । आज बुधबार बेलुका मुम्बइमै उनको अन्तिम संस्कार गरिने भएको छ । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि गोरेगाउँस्थित घरमा दिउँसो २ देखि ४ बजेसम्म राखिने भएको छ ।

त्यसपछि पश्चिम जोगेश्वरीमा पर्ने एसभी रोडको ओसिवारा पुलनेरको आर्यघाटमा रावतको पार्थिव शरिरलाई अन्त्येष्टि गरिने भएको छ ।

रावतको निधनको खबर सबैभन्दा सुरुमा पत्नी कल्याणीले ह्वाट्स-एपको स्टोरीमा राखेर दिएकी थिइन् । त्यहाँबाट आफूले जानकारी पाएपछि सोसल मिडियामा दिएको कुरा नयाँ दिल्लीमा रहेकी नेपाली अभिनेत्री विपना थापाले अनलाइनखबरलाई जानकारी दिइन् ।

रावतको अन्त्येष्टिमा सहभागी हुन आफू मुम्बई जान लागेको विपनाले बताइन् । त्यसपछि रावत निकट नेपाली फिल्ममेकरहरूले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिइरहेका थिए ।

भारतीय सञ्चारमाध्यमले चाहिँ रावतका म्यानेजर र रावतसँग ‘लगान’मा अभिनय गरेका कलाकार यशपाल शर्माको इन्स्टाग्राम पोस्टलाई उध्दृत गर्दै रावतको निधनबारे लेखिरहेका छन् । ‘प्रदीप रावत, हाम्रा गजिनी र लगानका देवालाई श्रद्धाञ्जली’ शर्माले लेखेका छन् ।

रावतले लगान र गजिनीजस्ता चर्चित बलिउड फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका छन् । उनी महाभारत सिरियलमा अस्वस्थामाको भूमिकामा देखिएका छन् । उनले नेपाली फिल्म ह्रस्वदीर्घ र आबाट आमामा पनि अभिनय गरेका छन् ।

नेपाली कलाकारले पनि उनको निधनमा श्रद्धाञ्जली दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?