+
+
Shares

धुम्बराहीमा राप्रपा कार्यसम्पादन समिति बैठक जारी, प्रदेश सरकारबारे निर्णय लिने

प्रदेशका सरकारबारे राप्रपाले यही बैठकबाटै आफ्नो धारणा दिने भनेकाले आजको बैठकलाई चासोपूर्ण रूपमा हेरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १४:२३

२० साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले जारी छ । राप्रपाको केन्द्रीय कार्यालय धुम्बराहीमा दिउँसो साढे १२ बजेबाट बैठक बसिरहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाएका छन् ।

उनका अनुसार बैठकमा पार्टीको महाधिवेशनको तयारीका विविध विषय, प्रदेश सरकारलगायतका विषयमा छलफल भइरहेको छ ।

प्रदेश सरकारहरूमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन भत्किएपछि बागमती र गण्डकी प्रदेशमा राप्रपा निर्णायक बनेको छ । ती प्रदेशका सरकारबारे राप्रपाले यही बैठकबाटै आफ्नो धारणा दिने भनेकाले आजको बैठकलाई चासोपूर्ण रूपमा हेरिएको छ ।

तस्वीर सौजन्य : मोहन श्रेष्ठको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?