+
+
Shares

एनसेलको प्याक वा सिमकार्ड किन्दा २० प्रतिशतसम्म ‘क्यासब्याक’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले २० साउनबाट प्रिपेड ग्राहकका लागि ५ देखि २० प्रतिशतसम्म क्यासब्याक प्रदान गर्ने आकर्षक मनसुन अफर सार्वजनिक गरेको छ।
  • यो योजनाअन्तर्गत ५० रुपैयाँभन्दा माथिका प्याक खरिद गर्ने ग्राहकले प्याकको आधारमा ५ देखि २० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्नेछन्।
  • एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले प्रत्येक प्याक खरिदलाई ग्राहकका लागि थप लाभदायक बनाइएको बताएका छन्।

२० साउन, काठमाडौं । एनसेलले आज बुधबारबाट नयाँ आकर्षक मनसुन अफर सञ्चालनमा ल्याएको छ । यो अफरमा हरेक प्रिपेड ग्राहकले ५० रुपैयाँ भन्दा माथिको प्याक किन्दा प्याकका आधारमा ५ देखि २० प्रतिशतसम्म क्यासब्याक पाउने छन् ।

यो अफरले एनसेलको सेवा अझ सस्तो बनाएको छ भने ग्राहकलाई उही शुल्कमा सेवाको थप फाइदा भएको छ । प्याकमा मात्र नभइ नयाँ सिम वा स्टार्टर प्याक लिने ग्राहकले पनि यसको फाइदा पाउनेछन् । उदाहरणको रुपमा ९९ रुपैयाँको स्टार्टर प्याक लिने ग्राहकले पाँच प्रतिशत क्यासब्याक पाउँछन् ।

ग्राहकले यो अफरमा लागु हुने कुनै पनि प्याक लिएपछि उनीहरूले तत्काल क्यासब्याक भएको पुष्टि गर्ने एसएमएस पाउँछन् । त्यसपछि उनीहरूको एनसेल एपमा रहेको खातामा क्यासब्याक जम्मा हुन्छ । ग्राहकले उक्त क्यासब्याक रिवार्ड २४ घण्टाभित्र दाबी गरिसक्नुपर्ने हुन्छ । ग्राहकले यसरी प्राप्त गरेको क्यासब्याकको लाभ एक साताभित्र लिनु पर्दछ।

प्रत्येक पटक योग्य प्याक लिँदा प्राप्त भएको क्यासब्याक ग्राहकको एनसेल एपमा जम्मा भएर बस्छ र त्यसबाट अरु प्याक किन्न सकिन्छ । यसरी पाएको क्यासब्याक अन्य कुनै एनसेल ग्राहकलाई ट्रान्सफर र नगदमा रूपान्तरण भने हुँदैन ।

यो अफर अन्तर्गत ५० देखि ९९ रुपैयाँसम्मको प्याक लिने ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउँछन् । त्यस्तै १०० देखि २ सय रुपैयाँसम्मको प्याकमा १० प्रतिशत, २०१ देखि ४९९ रुपैयाँसम्मको प्याकमा १५ प्रतिशत र ५०० तथा सो भन्दा माथिको प्याक खरिद गर्नेले २० प्रतिशतसम्मको क्यासब्याक पाउँछन् ।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले प्रत्येक प्याक खरिदलाई अझ लाभदायक बनाइएको बताए ।

पछिल्लो समय एनसेलले ग्राहकलाई डिजिटल बन्न प्रोत्साहन गर्दै विभिन्न योजना एनसेल एपमा सञ्चालन गर्दै आएको छ । हिमालयन जाभासँगको साझेदारीमा एनसेल ग्राहकले ९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल प्लानमा हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थमा १० प्रतिशत छुट प्राप्त गर्न सक्छन् ।

त्यसैगरी प्याकका आधारमा पेय पदार्थमा ३० प्रतिशतसम्म छुट पाउँछन् । ट्रिप टर्बोको सहकार्यमा बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८ हजार रुपैयाँसम्म छुट रहेको छ । त्यसैगरी, एनसेलका सबै ग्राहकहरूले अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीको खरिदमा ६० प्रतिशतसम्म छुट प्राप्त गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?