+
+
Shares

रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते ७:१४

२१ साउन, रोल्पा । रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ ।

सुनछहरी गाउँपालिका १ फुलिबन नजिकै रहेको बाच्छे खोलाले बुधबार एक वृद्धलाई खोला तर्ने क्रममा बगाएको हो ।

सामाजिक सुरक्षा (बृद्ध) भत्ता बुझेर गाउँपालिकाको केन्द्र पोबाङ्बाट फर्कदै गरेका सुनछहरी गाउँपालिका-१ घुसबाङका ७३ वर्षका मसान घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै अर्का जोखै घर्ती मगर घाइते भएको र घाइते घर्तीलाई स्थानीय र प्रहरीले उद्धार गरि पचारका लागि सुलिचौर पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?