+
+
Shares

कर्मचारीको वृद्धि भएको तलब र सुविधा निर्धारण, मुख्य सचिव र प्रधान सेनापतिको ९० हजार ५ सय

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते ११:३४

२१ साउन, काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षबाट बृद्धि भएको कर्मचारीहरूको तलबमान र सुविधा निर्धारण गरेको छ । अर्थमन्त्रालय बुधबार सबै मन्त्रालय आयोग, सचिवालय र कार्यालयहरूलाई वृद्धि भएको तलब, ग्रेड र मासिक प्रोत्साहन भत्ता वापतको रकम कायम गरेर त्यसअनुसार गर्न परिपत्र गरेको हो ।

अब निजामती सेवाको सबैभन्दा उपल्लो पद मुख्य सचिवको तलब अब ९० हजार ५९४ हुनेछ । मुख्यसचिवकव सुरू स्केल ८४ हजार ९३२ हुनेछ भने त्यसमा दुई ग्रेडसम्म जोडिने छ । नेपाली सेनाका प्रधान सेनापतिको पनि मुख्यसचिव सरह नै तलब हुनेछ ।

विशिष्ट श्रेणीका सचिवको कुल तलब ८४ हजार ५ सय ७६ हुनेछ ।अवकाश प्राप्त गर्ने सचिवहरूद्ये पेन्सन वापत् ६६ हजार ५ सय ३९ रुपैया प्राप्त गर्ने छन् । नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र स्वास्थ्य सेवा बार्‍हौं तहका अधिकृत र संसद सेवाका सचिवको पद तलब पनि निजामती सेवाका सचिव सरह नै हुनेछ ।

मन्त्रालयले स्वास्थ्य सेवा, सामुदायिक विद्यालय, संसद, स्थानीय तहलगायतका कर्मचारीको तलब भत्ता कायम गरेको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?