+

क्रिकेटर कुशल भुर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बासडर नियुक्त

२०८३ साउन  २१ गते १२:१० २०८३ साउन २१ गते १२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
  • बुधबार आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक सङ्गीता पहाडी र भुर्तेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
  • नेपाल टेलिकमले भुर्तेलसँगको सहकार्यले आफ्नो ब्रान्ड प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

२१ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

नेपाल टेलिकमले बुधबार आयोजित एक कार्यक्रमबीच कम्पनीकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र भुर्तेलबीच ब्रान्ड एम्बासडरसम्बन्धी सम्झौता भएको जनाएको छ ।

टेलिकमले सामाजिक सञ्जालमार्फत भुर्तेललाई नेपाल टेलिकम परिवारमा स्वागत गर्दै क्रिकेट मैदानमा उनको उत्साह अब नेपाल टेलिकमसँग पनि जोडिएको उल्लेख गरेको छ ।

नेपाल टेलिकमले राष्ट्रको सञ्चार सेवाप्रदायक संस्थाका रूपमा भुर्तेलसँगको सहकार्यले आफ्नो ब्रान्ड प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

सन् २०२१ मा नेपालको राष्ट्रिय टोलीमा डेब्यू गरेका भुर्तेल त्यसयता ओडीआई र टी-२०आई दुवै टोलीका नियमित सदस्य रहँदै आएका छन् ।

कुशल भुर्तेल नेपाल टेलिकम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय