+
+
Shares

प्रलोपा विभाजित भएपछि राम कार्कीले पनि छाडे पार्टी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) औपचारिक रूपमा विभाजित भएको छ ।
  • नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गर्दै अब 'मार्क्सिस्ट स्कुल अफ प्राक्सिस'मा क्रियाशील हुने जानकारी गराएका छन् ।
  • बाबुराम भट्टराईद्वारा गठित नेपाल समाजवादी पार्टी पुनः व्युँतिएको छ र यसको नेतृत्व दुर्गा सोबले गर्ने भएकी छिन् ।

२१ साउन, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजित भएसँगै नेता राम कार्कीले पनि पार्टी छाडेको घोषणा गरेका छन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा, पूर्वरास्वपाका नेता सन्तोष परियारलगायतले स्थापना गरेका पार्टी धेरै नेताहरूले यसअघि नै छाडिसकेका छन् ।

हाल अध्यक्ष परिषद्मा रहेका दुर्गा सोब र सन्तोष परियार पनि छुट्टिने सहमति गरेका छन् ।

उक्त सहमतिप्रति आफू सन्तोषजनक रहेको बताउँदै नेता कार्कीले आफू ‘मार्क्सिक्ट स्कुल अफ प्राक्सिस’ मा अनुबन्धित भइसकेको र त्यहाँ मात्रै रहने जानकारी गराएका हुन् ।

उनले आफू प्रलोपामा रहँदा गरिएको न्यानो व्यवहारप्रति धन्यवाद व्यक्त गरेका छन् ।

वैचारिक रुपमा निर्वाचनताका नै पार्टी विघटित भइसकेको भए पनि संगठनात्मक रुपमा पनि आज आएर विभाजित भएको उनले बताएका छन् ।

आजै भएको सहमति अनुसार, बाबुराम भट्टराईले प्रलोपा स्थापना हुनअघि बनाएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुन: बिउतिएको छ । यसको नेतृत्व दुर्गा सोबले गर्ने छिन् । यो पार्टीको चुनाव चिह्न आँखा नै हुने सहमति भएको छ ।

सन्तोष परियारको पार्टी प्रलोपा नै हुने सहमति भएको छ । चुनाव चिह्न आँखाबाहेकको तीन रङको हुने गरी प्रक्रिया थाल्ने सहमति भएको छ ।

यो पार्टीबाट सुदन किराँती, ओजस्वी भट्टराई लगायतका नेताहरु यसअघि नै बाहिरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?