News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको छ।
- पछिल्लो तीन दिनमा सुनको भाउ प्रतितोला १३ हजार १ सय रुपैयाँले बढेको छ।
- आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर ४ हजार ५८० रुपैयाँ कायम भएको छ।
२२ साउन, काठमाडौं । तीन दिनमै सुनको भाउ प्रतितोला १३ हजार १ सय रुपैयाँ बढेको छ । बुधबार ४ हजार २ सय, बिहीबार ८ हजार र शुक्रबार ९ सय रूपैयाँले सुन महँगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार रुपैयाँ थियो भने बुधबार २ लाख ८८ हजार रुपैयाँ तथा मंगलबार २ लाख ८३ हजार ८ सयमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५७० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५८० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी ४ हजार ३८० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4