+

भिनिसियस जुनियर थप ६ वर्ष रियल मड्रिडमै रहने

२०८३ साउन  २२ गते १२:२७ २०८३ साउन २२ गते १२:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्राजिलियन विंगर भिनिसियस जुनियरले स्पेनिस क्लब रियल मड्रिडसँग थप छ वर्षका लागि नयाँ सम्झौता गरेका छन् ।
  • क्लबले जारी गरेको विज्ञप्ति अनुसार उनी अब ३० जुन २०३२ सम्म रियल मड्रिडमा रहनेछन् ।
  • सन् २०१८ मा रियल मड्रिडमा आबद्ध भएका भिनिसियसले हालसम्म क्लबका लागि ३७५ खेल खेल्दै १२८ गोल गरेका छन् ।

२२ साउन, काठमाडौं । ब्राजिलियन विंगर भिनिसियस जुनियरले रियल मड्रिडसँग थप छ वर्षका लागि सम्झौता गरेका छन् । रियल म्याड्रिडले विज्ञप्ति जारी गर्दै भिनिसियसँग थप ६ वर्षको सम्झौता भएको जनाएको छ ।

‘रियल मड्रिड र भिनिसियस जुनियर सम्झौता विस्तार गर्न सहमत भएका छन्, जसले उनलाई ३० जुन २०३२ सम्म क्लबमा राख्नेछ । भिनिसियस जुनियर हाम्रो इतिहासको सबैभन्दा सफल अवधिहरू मध्ये एकमा सबैभन्दा महत्त्वपूर्ण खेलाडीहरू मध्ये एक बनेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो १८ महिनादेखि नयाँ सम्झौताबारे क्लब र उनका प्रतिनिधिबीच छलफल भइरहेको थियो । अब उनले आफूले यसअघि ‘सपनाको क्लब’ भनेको रियल मड्रिडमै बसाइ लम्ब्याएका छन् ।

ब्राजिलबाट विश्वकप खेलेपछि उनी सोमबार प्रि–सिजन प्रशिक्षण र स्वास्थ्य परीक्षणका लागि क्लबमा फर्किएका थिए ।

भिनिसियस जुलाई २०१८ मा १८ वर्षको उमेरमा रियल मड्रिडमा आबद्ध भएका थिए । रियलबाट उनले ८ सिजनमा ३७५ खेल खेलेका छन् ।

जसमा १२८ गोल गरेका छन् भने १४ वटा ट्रफी जितेका छन् । ब्राजिलका लागि भिनिसियसले ५४ क्यापमा १३ गोल गरेका छन् ।

भिनिसियस जुनियर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय